1478958692 banner ad format

 
 

चितवन। नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक आज बिहान त्रिशूली नदीमा खस्दा एकजना घाइते भएका छन् । 

Trishuli river min

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गैँडाकोटबाट बियर बोकेर काठमाडौँ जाँदै गरेको ना५ख ७२९७ नंको ट्रक इच्छाकामना गाउँपालिका–६ जलबिरेबाट त्रिशूलीमा खसेको हो । 

ट्रक त्रिशूलीमा खस्दा चालक मकवानपुरको हाँडीखोला बस्ने ३० वर्षीय उज्ज्वल कँडेल घाइते भएको र उनको स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ । 

चालक हाम फालेर बाँचेको भए पनि बियरसहितको ट्रक बेपत्ता भएको प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए ।

प्रकासित मिति

Loading...

 

yummyfood