Lucky Girlकाठमाडौं : यौन आशक्तिले मानिसलाई कहाँदेखि कहाँसम्म पुर्याउछ भन्ने कुरा भीभीआईपी यौनकाण्डमा मुछिएका पूर्व सभामुख कृष्णबहादुर महरालाई हेर्दा हुन्छ । संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई जवरजस्ती करणी गरेको अभियोगनमा तत्कालिन सभामुख महरालाई काठमाडौं जिल्ला अदालतले र्पुपक्षका लागि डिल्लीबजार कारागारमो थुनामा राख्ने आदेश दिइसकेको छ । यस्तो हुँदा पनि मान्छेहरुको चेत अझै खुलेको छैन ।

यसोत केही दिन पहिले एउटा अनौठो हर्कत गर्ने युवाहरुको विषयमा महानगरीय प्रहरी परिसरमा निवेदन नै परेको छ । यौन उन्मातले मात्तिएका युवाले युवतीलाई देख्नेवितिकै यौन हर्कत गर्ने गरेको उजरीपछि अहिले प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीमा त्रिभुवन विश्वविद्यालय परिसरमै यौन क्रियाकलाप गर्ने युवाको बारेमा उजुरी परेको हो । त्रिवि परिसर कीर्तिपुरमा ति अपरिचित युवाले यौनदुर्व्यहार गर्ने गरेको भन्दै केन्द्रीय क्याम्पसमा अध्ययनरत छात्राहरुले प्रहरीमा उजुरी दिएका थिए ।

विश्वविद्यालयको तिनकुनेदेखि केन्द्रीय पुस्ताकालयसम्म र नेपाल बैंकबाट परीक्षा नियन्त्रण कार्यालय आउने जाने बाटोमा युवाहरुले यौन दुर्व्यहार गर्ने गरेको कुरा उजुरीमा उल्लेख छ । ति विद्यार्थीका अनुसार युवाले युवती देख्ने वित्तिकै जिस्काउने र हस्तमैथुन गर्ने लगायतका यौन क्रियाकलाप गर्ने गर्छन् ।

एकल नभइ समूह नै रहेको ति छात्राले बताएका छन् । द नेपाल टपबाट

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...