1478958692 banner ad format

 
 

मलेखु । गुडिरहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

पृथ्वी राजमार्गको गल्छीबाट काठमाडौँ जाँदै गरेको बा ७६ प ६४१२ नंको मोटरसाइकललाई ना ३ ख २९४६ नंको ट्रकले थाक्रे गाउँपालिका–७ सातकिलोमा ठक्कर दिँदा मोटरसाइकलमा सवार बेनीघाट गाउँपालिका निवासी प्रहरी जवान सन्तोषजङ्ग शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मोटरसाइकल चालक घाइते प्रहरी जवान सुजन खड्कालाई भने काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अत्यधिक गतिमा गुडेको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो । 


छतबाट खसेर मृत्यु 

घरको छतबाट खसेर नीलकण्ठ नगरपालिका वडा नं ४ मा आज एक महिलाको ज्यान गएको छ ।  घरको छतमा गएकी नीलकण्ठ – ४ की ३७ वर्षीया सीतामाया गुरुङको खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood