तुलसीपुर, दाङ - आज भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा दाङ क्षेत्र नं ३ मा तीन घरका २६ किरियापुत्रीले मतदान गरेका छन् । 

Tulsiipur Dang polling min

तुलसीपुर उपमहानगरपालिका–१२ मावि हरिपौरी मतदान केन्द्रबाट नेकपा(एमाले) दाङका उपाध्यक्षसमेत रहनुभएका हुकुमबहादुर बस्नेतसहित उनको घरमा किरिया बसेका आठ जनाले मतदान गरे । 

सोही मतदान केन्द्रबाट उपमहानगरपालिका–१२ का अम्मर डाँगीसहित उनको सात जनाको परिवारले मतदान गरे । उनिहरु आफ्नी आमाको किरिया बसेका हुन्  । त्यस्तै उपमहानगरपालिका–९ दोघरेका रुपलाल नेपालीको किरिया बसेका उनको परिवारका ११ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...