1478958692 banner ad format

 
 

उदयपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १ नम्बर प्रदेशको राजधानी उदयपुरको सप्तकोसी क्षेत्रमा बनाउने उद्घोष गरेका छन् ।

Udayapur Koshi Zone

उदयपुरको बेलका नगरपालिकास्थित रामपुर ठोक्सिला बजारमा आयोजना गरिएको चुनावीसभालाई बुधबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले १ नम्बर प्रदेशको राजधानी पूर्वको विराटनगर तथा इटहरीमा घनाबस्ती र पर्याप्त जग्गाको अभावमा स्थापना गर्न नसकिने भन्दै १ नम्बर प्रदेशको राजधानी उदयपुरको तपेस्वरीस्थित कोसीकिनार क्षेत्रमा स्थापना गर्न उपयुक्त हुने विचार व्यक्त गरे ।

कोसी क्षेत्रमा हजारौं हेक्टर जग्गा खाली रहेका कारण आफूले अन्य राजनीतिक दलसँग पनि छलफल गरेर पहल गरी अब १ नम्बर प्रदेशको राजधानी उदयपुरको कोसी क्षेत्रमै बनाउन पहल गरिसकेको उनले बताए ।

आफू प्रधानमन्त्री हुँदा स्थानीय तहको पहिलो चरणको चुनाव सम्पन्न गराएर ‘लिक’बाट बाहिर जान लागेको राजनीतिक संक्रमणकाललाई सही ‘ट्रयाक’मा ल्याएको उनको भनाइ थियो ।

अब स्थानीय तहमा र प्रदेश तथा केन्द्रको चुनावमासमेत एकपटक माओवादी केन्द्रलाई बहुमतले विजय गराउन अनुरोध गर्दै उनले आफ्नो पार्टी बहुमतले विजय भए पाँच वर्षभित्र नेपाललाई आर्थिकरुपमा दक्षिण एसियाको समृद्ध राष्ट्र बनाउने दाबी गरे ।

 

प्रकासित मिति

Loading...

 

yummyfood