बाजुरा - बडिमालिका नगरपालिका ८ बस्ने ३० बर्षकि पारु रावललाई गर्भपतन पछि रक्क्तस्राब भयो । उनलाई अत्याधिक रक्क्तस्राबले बेहोस अबस्था पुगिन् । उनलाई ए पोजेटिभ आबश्यकता थियो । रगतका लागि चारै तिर गुहार गरयौ, प्रहरी कार्यलयमा खबर गर्दा डिएसपि उद्धब भाटले रगत दिएको जिल्ला अस्पताल बाजुराका डा. टिकाराम राईले वताएका छन् ।

Uddba Singh Bhat

रक्क्तस्राब धेरै भइसकेको थियो, हामी कहाँ खबर आयो रगत समुह मेरै मिल्ने भएकाले रगत दिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख उद्धब सिं भाटले वताए । फेरी आबश्यक परेमा अन्य प्रहरीलाई रगत दिन लगाउने उनले वताए । डिएसपि भाटले रगत दिदा बिरामीलाई धेरै सहयोग भएको डा. राईले बताएका छन् ।

बाजुरा जिल्लामा नेपाली सेना शसस्त्र प्रहरी नेपाल प्रहरीले सुत्केरी र बिरामीलाई रगत दिएर ज्यान बचाउने गरेको स्वास्थ्यकर्मीले वताएका छन् । बुढिन्नदा नगरपालिका ८ पाण्डुसेनकि ४२ बर्षिय थुमरा कठायतलाई पनि दुई साता पहिला सुरक्षाकर्मीले रगत दिएर ज्यान बचाएका थिए । उनलाई शसस्त्र प्रहरी आश्रित गुल्म बाजुरामा कार्यरत साहयक हल्दवरा चैन नाथ योगीले रगत दिएर ज्यान बचाएका थिए ।

आकस्मिक रक्तसञ्चार भएपनि आबश्यक परेको बेला रगत दिने कोहि भेटिदैनन्, भने अर्कोतिर रगत समुह समेत नमिल्ने गरेको डा. टिका राईले वताए । रगत दान गर्नु पर्छ भन्ने मानसिकता नभएकाले बिरामीका आफन्त रगत समेत दिन नमाने गरेको उनले वताए । उपचार मात्र हैन रगत दिएर बिरामी र सुत्केरी बचाउदै आएको उनले थपे ।

अस्पतालमा बलोड बैङ्क नभएकाले आबश्यक परेका बेला सुत्केरी र बिरामी रगत नपाउने भएकाले समस्या भएको छ । रगत नपाएर उपचारमा समस्या र अन्यत्र लिएर सास्ति ब्यहेनु पर्ने कारण भएकाले जिल्लामा बलोड बैङ्कको स्थापना हुनु पर्ने स्थानियले बताएका छन् । जिल्लामा बलोड बैङ्क नुहँदा सुत्केरी र विरामीलाई निकै समस्या भएको छ । आकस्मिक रक्तसञ्चार केन्द्र दुई ठाँउमा भएपनि बलोड बैङ्क नहुदा सुत्केरी र बिरामीलाई समस्या हुदै आएको छ । जिल्ला स्अस्पताल बाजुरामा आबश्यक परेको बेला रगत नपाएर आकस्मिक प्रसुति सेवा र अप्रेशन सेवा सञ्चालनमा समेत समस्या भएको छ ।

आकस्मिक रक्तसञ्चार केन्द्र जिल्ला स्वास्थ्य कार्यलय र टाटे स्वास्थ्य चौकिमा रहेको छ । ब्लोड बैंक स्थापनाका लागि तत्कालीन जिविस बाजुराले सांसद विकास कोष मार्फत जिल्ला रेडक्रस सोसाईटिलाई १५ लाख दिएको थियो । तर अहिले सम्म ब्लोड बैंक स्थापना हुन सकेको छैन्, ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर