Hidden
टोखा हत्या प्रकरण : श्रीमतीको ‘‘पेटको भ्रूण’’ माथि श्रीमानले प्रश्न उठाएपछि‘
टोखास्थित ग्रिनभिल्ला हाउजिङमा २४ पौषमा मृत भेटिएका दम्पत्तिमध्ये सुदीक्षा गिरीको पेटमा दुई महिनाको भ्रूण पत्ता लाग्यो ।
काठमाडौंमा कोठाभित्र दम्पत्तिको रहस्यमय मृत्यु, अनुसन्धान हुँदै
पोष्टमार्टमका क्रममा पत्ता लागेको भ्रूण नै घटनाको मुख्य कारण हो भन्ने निष्कर्षमा प्रहरी पुग्यो ।
प्रहरी स्रोतका अनुसार सुदीक्षाको गर्भलाई लिएर पति उमेश केसीले प्रश्न उठाएका थिए । त्यसले उनीहरुबीच विवाद गराएको थियो ।
उमेशले १७ पौषमा ग्रान्डी अस्पताल पुगेर स्वास्थ्य परीक्षण समेत गराएका थिए । उनले मूत्रसम्बन्धी चेकजाँच गराएका थिए । उनले आफ्नो प्रजनन क्षमताबारे जाँच गराएको बुझिएको छ ।
अमेरिकामा बस्दै आएका उमेश दशैं अघि नेपाल आएका थिए । विवाहको ६ वर्ष बितिसक्दा पनि दुवैबाट बच्चाको जन्म भएको थिएन । पति अमेरिकाबाट फर्किएलगत्तै गर्भवती भएको पत्ता लाग्नु र त्यसमाथि उमेशले प्रश्न गर्नुले विवाद भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
विवादका क्रममा सुदिक्षाले सिलौटा प्रहार गरेको र त्यसको १० देखि १२ घन्टापछि आत्महत्या गरेको पोष्टमार्टम रिपोर्टलाई आधार बनाई प्रहरीले निष्कर्ष निकालेको छ ।
२४ पौषमा घटनाको जानकारी भएपनि मृतक उमेश केसीको हत्या २३ पौषको राति नै भएको पोष्टमार्टमले देखाएको प्रहरीले जनाएको छ । घटनामा पीडित र पीडक दुवैको मृत्यु भएको छ ।
प्रकासित मिति