annapurna add

साउदी अरबमा एक जना पाकिस्तानी नागरिकको हत्याको अभियोगमा मृत्यु दण्ड पाएका धनुषाको कमला नगरपालिका वडा नंं ५ घर भएका उमेश यादव आम माफी पाएर सोमबार घर फर्के पछि परिवारमा खुशियाली छाएको छ ।

umesh yadavपाकिस्तानी नागरिकको हत्या गरेको अभियोगमा साउदी अरबको जेलमा रहनु भएका यादवलाई त्याहाँका जुबेल अदालतले २०१८ मईको १५ तारेखमा मृत्यु दण्डको सजाय सुनाएको थियो । यादवको मृत्युदण्डको खवर नेपाल भरी नै छाएको थियो । यादवको मृत्यु दण्डको खबर विभिन्न संचार माध्यमवाट पाएपछि जनकपुरधामका एक सामाजिक अभियन्ता सरोज रायले हत्याको कारणको विषयमा अध्ययन गर्न उत्सुक भए ।

यादवले पाकिस्तानमा भएको घटनाको अध्ययन गर्दै जादा पाकिस्तानी नागरिकको भूलबस मृत्यु भएको थाहा पाए । समाजिक अभियन्ता यादवले पाकिस्तान स्थित नेपाली दुतावासको सहयोगमा मृतक पाकिस्तानी नागरिकका परिवारसंग भेटेर ब्लडमनी लिनका लागि आग्रह गर्दा मृतकका परिवारजनले स्वीकार गरेपछि ३० लाख पाकिस्तानी रकम दिएर उमेशलाई मृत्युको मुखवाट जोगाइयो समाजिक अभियन्ता यादवले बताउनु भयो । १४ वर्ष पछि उमेश आज घर फर्किनु भएको छ ।

यस कामकाजमा नेपाल सरकार तथा सउदी अरबमा रहेका नेपाली राजदूतावासको पनि महत्वपूर्ण भूमिका रहेको सामाजिक अभियन्ता यादवले बताउनु भयो । उमेश यादव २००६ देखि नै पाकिस्तानी नागरिकको हत्याको अभियोगमा पूर्वपक्षका लागि साउदी अरबको जेलमा रहनु भएको थियो ।

उमेशले आफ्ना बृद्ध आमा, बुबा, श्रीमती सञ्जु यादव, १७ दिनका छोरा हितेश यादव, ४ वर्षको छोरा कमलेश यादवलाई छाडेर परिवार चलाउनका लागि धन कमाउन साउदी अरव गएको बेला उहाँले काम गर्ने कम्पनीमा दुई पक्षका बीचमा भएको झगडामा लडेर घाईते भएका पाकिस्तानी नागरिकको उपचारको क्रममा मृत्यु भएपछि उनलाई साउदी अरबका प्रहरीले पक्राउँ गरेको थियो ।

१४ वर्ष पछि घर फर्केका उमेशका श्रीमती, छोरा तथा बृद्ध आमा बुबाको हर्षको सीमा छैन । यादव घर फर्किए पछि हर्षका कारणले परिवारजनका सदस्यहरु भावविह्वल बनेर मुख फोरेर रुवाबासी गरेका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...