1478958692 banner ad format

 
 

काठमाडौं। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच स्थानीय तहको निर्वाचनमा काठमाडौं र ललितपुर जिल्लामा तालमेल गर्ने विषयमा छलफल भएको छ ।

Local UML and the RPP 2

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष कमल थापाबीच सो विषयमा छलफल भएको हो ।

दुबै दलले आन्तरिक छलफल गरी उम्मेदवारको टुंगो लगाउने तयारी गरेका छन् । एमालेले काठमाडौं र ललितपुर महानगरपालिकामा हालसम्म आफ्नो उम्मेदवार तय गरेको छैन ।

सो पार्टीका सचिव योगेश भट्टराईले सोमबारको स्थायी कमिटीको बैठकले अध्यक्ष ओली र नेता माधवकुमार नेपाललाई सोबारेमा निर्णयमा पुग्न जिम्मेवारी दिएको बताए । अध्यक्ष ओलीले अहिले काठमाडौं र ललितपुर जिल्लाका नेता–कार्यकर्तासँग तालमेलका विषयमा छलफल गरिरहेका छन् ।

 

प्रकासित मिति

Loading...

 

yummyfood