1478958692 banner ad format

 
 

भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार जीवनराज थापा छ हजार ४० मत प्राप्त गरी विजयी भएका छन् । 

उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का वीरबहादुर थापा पाँच हजार ५१४ मत र नेपाली काँग्रेसका उम्मेदवार तोयाप्रसाद शर्माले पाँच हजार ५१२ मत प्राप्त गरेको  पुनर्वास नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यस्तै उपप्रमुखमा पनि एमालेकै उम्मेदवार शारदा विष्ट छ हजार ३६६ मत ल्याएर विजयी भए । 

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार भुलिया राना पाँच हजार ३९१ मत प्राप्त गरे भने माओवादी केन्द्रका सीता विकले पाँच हजार ३५६ मत प्राप्त गरिन |

प्रकासित मिति

Loading...

 

yummyfood