annapurna add

hasta pandit corruption newsसरकारी निकायबाट अनुमती नलिई सञ्चालित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ‘इचोक’ स्थित महाँकालमा रहेको महाँकाल स्वास्थ्य सेवा केन्द्रमा चरम आर्थिक हिनामिना भएको छ ।

विगत १८ वर्षदेखि साधारणसभा र वार्षिक प्रतिवेदन समेत सार्वजनिक नगरि सञ्चालन गर्दै आइरहेको समेत खुलेको छ । पूर्व एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्ष हस्त पण्डित अध्यक्ष रहेको महाँकाल स्वास्थ्य सेवा केन्द्र सञ्चालन समितिले सबै हिसाव किताब गुपचुप राखि लाखौ रकम हिनामिना गरेको आरोप छ । स्थानीयले वार्षिक प्रतिवेदन सार्वजनिक तथा साधारणसभा राख्न माग गरेपछि अध्यक्ष पण्डितले यसलाइ बेवास्ता गर्दै आएका छन् ।

२०४५ सालमा सञ्चालन समिति बनाएको यस स्वास्थ्य केन्द्रले लाखौ रकम संकलन गरेको तर अहिलेसम्म कुनैपनि काम गर्न नसकेपछि स्थानीय सरकारले महाँकाल स्वास्थ्य सेवा केन्द्रलाइ सबै विवरण मागेपछि अध्यक्ष सहितका पदाधिकारीले अहिले विभिन्न बाहाना गर्दै आइरहेको हेलम्बु गाउँपालिकाले बताएको छ । सो महाकल स्वास्थ्य केन्द्र सञ्चालनको लागि २०६८ चैत्र १० देखि १८ गतेसम्म महायज्ञबाट सेवा केन्द्रको नाममा रकम संकलन गरेको २८ लाख ९२ हजार ३४ रुपैया रकमको अहिलेसम्म हिसाब देखाइएको छैन ।

स्थानीयले विगत देखि नै केन्द्रको हिसावकिताब खोजेपछि पण्डितले महाँकाल सामुदायिक स्वास्थ्य केन्द्रमा रहेको कार्य समिति सदस्यलाई समेत विभिन्न आरोप लगाएर थर्काउने गरेको कार्य समितिका सदस्यहरुले बताएका हुन् । नेकपाका नेता हस्त पण्डित आफै अध्यक्ष बसेर सञ्चालन गरेको सो स्वास्थ्य केन्द्रामा आएको सहयोग रकम समेत देखाउन सकेको छैनन् । अध्यक्ष बसेर कार्य समितिका अन्य पदाधिकारीलाइ वेवास्ता गर्दै उनले सहयोग रकम समेत आफ्नो निजी बैक खातामा माग्ने गरेको तथ्य खुलेको एक सदस्यले बताए ।

अस्पताल सञ्चालनको लागि संघ, प्रदेश र स्थानीय सरकारसगँ समन्वय गरेर काम गर्ने प्रावधान रहेपनि नेता पण्डितले कुनैपनि निकायलाइ जानकारी नगराई विभिन्न सघंसस्थाबाट सिधै रकम लिने समेत गरेको स्थानीयको भनाइ छ ।अस्पताल निर्माण गर्दा कति शैयाको अस्पताल बनाउने र त्यसको क्षमता कति हो भन्ने समेत नबुझि काम गरेका उनले अहिलेसम्म सो स्वास्थ्य सेवा केन्द्र समितिको विषयमा स्थानीय सरकारसँग समन्वय नगरि बाह्य सहयोग आफ्नै हातमा पर्ने गरि काम गरेको समितिका एक सदस्यले बताएका छन ।

साविकको इचोक गाविसमा रहेको सो स्वास्थ्य केन्द्रको नाममा महायज्ञ समेत लगाएर एम्बुलेन्स खरिदको लागि रकम उठाइए पनि सो रकमको समेत दुरुपयोग गरि अहिलेसम्म हिसाव देखाउन नसकेपछि पण्डितले विभिन्न निकायमा आफ्नो विरुद्ध नलाग्न कुराकानी गरिहेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छ । स्थानीयले महायज्ञ लगाएर उठेको सहयोग रकमको हिसाब देखाउन भनेपछि उनले सरकारी पहँचको आडमा स्थानीयलाइ विरोध गरे त्यसको परिणाम देखाइदिने भन्दै धम्क्याउन थालेको एक स्थानीयले बताए ।

सहयोगको लागि सो महायज्ञ लगाइए लगत्तै मेलम्चि खानेपानी आयोजनाले एम्बुलेन्स किनिदिएपछि नेता पण्डितले सोहि एम्बुलेन्स देखाएर महायज्ञको रकम भने हिनामिना गरेको समाचार स्रोतले बताएको छ । स्रोतका अनुसार उनले, अस्पताल निर्माणको नाममा लाखौ रकम संकलन गरेर हिनामिना गरेको स्थानीयको आरोप छ । स्वास्थ्य केन्द्रको भवन निर्माणको लागि विभिन्न सघं–सस्थाबाट लिइएको सहयोग रकम समेत उनले देखाउन सकेका छैनन् ।

स्वास्थ्य केन्द्रको अध्यक्ष रहेको नेकपा नेता हस्त पण्डितले साधारण सभा तथा लेखापरिक्षण नगरेपछि स्थानीयले उनले गरेको गलत कार्य विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएपनि उनलाइ अहिलेसम्म छानविन गरिएको छैन ।

स्वास्थ्य सेवा केन्द्र समेत आफ्नो निजी जग्गामा निमार्ण गरेका उनले राजनीतिक आवरणमा स्थानीय तथा साधारणसभा गर्न माग गर्ने कार्य समितिका सदस्यलाइ विभिन्न आरोप लगाउने गरेका छन् । अहिले पनि अध्यक्ष पण्डितले विभिन्न निकायबाट सहयोग उठाइरहेका छन् सो उठाइएको रकम उनले आफ्नो निजी बैक खातामा राख्ने गरेको स्थानीयको आरोप छ । दियोपोस्ट !

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...