पाल्पा । पाल्पाको तानसेन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ । 

UML won palpa rampur

प्रमुखमा नेकपा एमालेका अशोककुमार शाहीले १० हजार ४५० र उपाध्यक्षमा एमालेकै लक्ष्मी पाठक नौ हजार ७५३ मत ल्याई विजय भएका छन् । प्रमुखका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अजयमान कर्माचार्य आठ हजार ०६७ र उपप्रमुखमा नेकाकै लालु रानाले आठ हजार ३८९ मत प्राप्त गरे । 

रम्भा गाउँपालिकामा एमाले बिजयी

 रम्भा गाउँपालिकाको गाउँ अध्यक्षमा नेकपा एमालेका विष्णुप्रसाद भण्डारी विजयी भएका छन् । उनले चार हजार ७६७ मत ल्याई विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका अशोक फालले चार हजार ९८ मत ल्याए । 

गाउँपालिकाको उपाध्यक्षमा एमालेकै राधा श्रेष्ठले चार हजार ७८६ मत ल्याई विजयी बने। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका विष्णुमाया सिञ्जालीले चार हजार १३९ मत पाइन् | 


बगनासकालीमा अध्यक्ष काँग्रेस विजय 

बगनासकाली गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका कृष्ण बस्याल विजय भएका छन् । बस्यालले पाँच हजार ५९४ र उपाध्यक्षमा नेकपा एमालेका सरस्वती चिदीले पाँच हजार ५०५ मत प्राप्त गरी विजय भएका हुन् । बस्यालका निकटम नेकपा एमालेका देवी बस्यालले पाँच हजार ३४६ मत र उपाध्यक्षमा नेकपा माओवादीका कृष्ण भुषालले चार हजार ०५६ मत प्राप्त गरे । 

रैनादेवीमा काँग्रेस विजय 

रैनादेवी छहरा गाउँपालिकामा नेका विजय भएको छ । गाउँपालिका अध्यक्षमा नेकाका रामबहादुर कार्की र उपाध्यक्षमा काँग्रेसकै चेतना गाहा विजय भएको निर्वाचन अधिकृत यादवराज शर्माले जानकारी दिए । नेकाका कार्की पाँच हजार १४६ र चार हजार ९४३ मत प्राप्त गरी विजय भएका हुन् । 

रिब्दीकोटमा एमाले विजय 

रिब्दीकोट गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका नारायण जिसी र उपाध्यक्षमा एमालेकै लक्ष्मी खनाल विजय भएका छन् । जिसीले तीन हजार ८३ र खनालले तीन हजार ८८१ मत प्राप्त विजय हासिल गर्न सफल भए । अध्यक्षका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका लीलाबहादुर कार्कीले दुई हजार ८४८ मत र नेकाका कमला छहरीको दुई हजार ८९९ मत प्राप्त गरे । 

माथागढी गाउँपालिकामा काँग्रेस विजय 

माथागढी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका सन्तोषकुमार थापा विजयी र उपाध्यक्षमा निर्मला भट्टराई विजयी भएका छन् । अध्यक्ष थापाले ६ हजार ९६ मत ल्याउनुभएको छ भने उनका प्रतिस्पर्धी नेकपा एमालेका बिमल काफ्लेले चार हजार २१ मत ल्याए । उपाध्यक्ष भट्टराईले पाँच हजार ६२४ मत ल्याएर विजयी बने । उनका प्रतिस्पर्धी एमालेका माया चिदीले चार हजार १०१ मत पाउए । 

तिनाहुँ गाउँपालिकामा एमाले विजय 

तिनाहुँ गाउँपालिकाको अध्यक्षमा एमालेका यमबहादुर घर्ती दुई हजार ८१९ मत ल्याई विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकाका महेन्द्र पाण्डेयले दुई हजार ७०७ मत ल्याए । गाउँपालिकाको उपाध्यक्षमा एमालेका दमन्ती थापा विजयी भएका छन् । उनले दुई हजार ८७५ मत ल्याउनुभएको छ भने उनका प्रतिस्पर्धी नेकाका मन कार्कीले दुई हजार ६८६ मत पाए । 

पूर्वखोला गाउँपालिकामा एमाले विजय 

पूर्वखोला गाउँपालिकाको अध्यक्षमा एमालेका नुनबहादुर थापाले आठ हजार ८३६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकाका झमनराज मगरले एक हजार ३२ मत ल्याए । गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका भागिरथी भट्टराईले पाँच हजार ४०० मत ल्याई विजयी हासिल गरे । उनका प्रतिस्पर्धी नेकाका पुष्पा गाहाले एक हजार १४३ मत पाए । 

निस्दी गाउँपालिकामा एमाले विजय 

निस्दी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मुक्तबहादुर सारु विजयी भएका छन् । उनले पाँच हजार ३२० मत ल्याई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकाका शालिकराम पाण्डेयले दुई हजार २५३ मत ल्याए । यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एमालेकै रीता अर्याल निर्वाचित भएकि छिन् । अर्यालले पाँच हजार २५६ मत पाइन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बलु गैरेले दुई हजार १८५ मत पाए। 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...