uttam thapaबझाङ । बझाङको छविस पाथिभेरा गाउँपालिकाको वडा नम्वर ४/ ५ मा परियोजनाको सिकाई परिर्वतन कार्यक्रम सम्वन्धी गोष्ठी सम्पन्न भएको छ ।  जिल्लाको छविस पाथिभेरा गाउँपालीकामा दलित सहयोग समाजको व्यावहार परिर्वतन कार्यक्रम विगत ५ बर्ष देखी संञ्चालनमा आएको थियो । छविस पाथिभेरा गाउँपालिका वडा नम्वर ५ मा कार्यक्रम सम्पन्न गरिएको छ । र्काक्रममा वडा नम्वर४/ ५ का अध्यक्षको अध्यक्षतामा सुरुभएको कार्यक्रका प्रमुख अतिथि छविस पाथिभेरा गाउपालिका उपाअध्यक्ष राधिका रताला रहेकी थिइन् सम्पन्न पारिएको कार्यक्रममा संस्थाले गरेका कामहरुको बारेमा बर्णन गदै विभिन्न समूहहरु उपस्थित रहेका थिए । कार्यक्रममा आमा समुह दाजुभाई समुह किशोर किशोरी संञ्जाल, युवा संञ्जाल पत्रकार संञ्चारक्रर्मी सुरक्षाक्रर्मी लगायतको उपस्थीति रहेको थियो ।

परियोजनाको सिकाई आदान प्रदान र समापन गोष्ठीमा विभिन्न समुहले समाज रुपान्तरण भएको बताए । संगै देशको चौथो अङगको रुपमा रहेको पत्रकार जगतले समाज रुपान्तरणमा कलम चलाएको र संस्थालाई थप साहेता दिदै समाचार सम्प्रेशण गरेको भन्दै दलित सहयोग समाजले आयोजना गरेको कार्यक्रममा छविसपाथिभेरा गाउँपालीका उपाध्यक्ष राधिका रतालाद्वारा पत्रकार उत्तम कुमार थापालाई दोसल्लासहित प्रमाण पत्रले सम्मान गरिएको हाे ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...