biplov putin news kantipathnews of nepalबाहिर त कुनै साइँसुइँ छैन, तर विद्रोहीहरुलाई भनिएको रहेछ, अब रुसी राष्ट्रपति भ्लादिमिर पुटिललाई पनि नेपाल बोलाउने कार्यक्रम छ । सरकारको तर्फबाट विप्लवकहाँ खबर पु¥याइएको छ, कम्तिमा चिनियाँ राष्ट्रपति सि जिनफिङ आउनुअघि र यहाँ बसुञ्जेल कुनै घटना नगराए हुन्थ्यो । र, त्यही खबर पु¥याउने अधिकारीले सुनाएका हुन्, पुटिन आउने सम्भावना ।

drone missile

ड्रोनको डर

विप्लव नेकपाले उपत्यकामा दर्जनौँ ड्रोन तयार पारेको र त्यसबाट विभिन्न ठाउँमा आक्रमण गर्ने सूचना पाएपछि हो, सरकारका तर्फबाट त्यस्तो सजगता अपनाउँदै जेलमा बसेका नेतामार्फत खबर पु¥याइएको । राष्ट्रिय हितसँग जोडिएका कुनै पनि विषयमाथि हस्तक्षेप नगर्ने पार्टीको नीति भएका कारण विदेशी पाहुनाको भ्रमण बिथोल्ने वा नकारात्मक सन्देश जाने कुरामा अग्रसर हुने नीति नभएको कुरा हाल नख्खु कारागारमा रहेका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली (सुदर्शन) ले सरकारी प्रतिनिधिलाई सुनाएका छन् । यो कुराको ब्रिफिङ सुदर्शनलाई त्यहाँ भेट्न जानेमध्येका एकजनाले उपत्यका नजिकै रहेका विप्लवलाई गरेको बताइन्छ । Source: JanaAastha

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...