Hidden
नेकपाको तेश्रो चरणको आन्दोलन सुरु : आज सिठ्ठी जुलुस
नेकपाको दाहाल-नेपाल समूहले आजदेखि तेस्रो चरणको आन्दोल सुरू गर्दैछ । पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि सरकारविरूद्ध आन्दोलन गरिरहेको दाहाल-नेपाल समूहले आज दिउँसो सिठ्ठी जुलुस गर्दै तेस्रो चरणको आन्दोलन थाल्न लागेको हो ।
दिउँसो तीन बजेदेखि लैनचौरबाट सिठ्ठी जुलुस निकालेर जनताको आवाज सुन्न प्रधानमन्त्री ओलीलाई दबाब दिन लागिएको दाहाल-नेपालनिकट अनेरास्विवियुका विद्यार्थी नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।
लैनचौरबाट सुरु हुने जुलुस असन, इन्द्रोचक हुँदै बसन्तपुर पुगेर कोणसभामा परिणत हुनेछ । संघर्ष समितिको अगुवाईमा हुने जुलुसमा दाहाल-नेपाल समूहका युवा तथा विद्यार्थी नेताहरुले सिटी फुकेर प्रतिनिधि सभा विघटनविरुद्ध खबरदारी गर्ने छन्।
दाहाल-नेपाल समूहले घोषणा गरेको तेस्रो चरणको कार्यक्रम अनुसार १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्जलि दिने, २२ गते काठमाडौंमा युवा र्याली गर्ने, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा विशाल प्रदर्शन हुनेछ । प्रतिनिधि सभा विघटनविरुद्ध दाहाल-नेपाल समूहले पुस १४ गतेदेखि सडक संघर्ष गर्दै आएका छन् ।
बुधबारदेखि २१ गतेसम्म भने संविधानसभा सदस्य, संघीय तथा प्रदेश सदस्यहरूले माइतीघरमा धर्ना दिने कार्यक्रम तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
प्रकासित मिति