1478958692 banner ad format

 
 

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–५ गणन्तामा आज एकै परिवारका चार जना जङ्गली च्याउ खाएर बिरामी भएका छन् । 

Wild mushroom
गणन्ता बस्तीका खिलबहादुर मिश्रको घरका चार जना जङ्गली च्याउ खाएर सिकिस्त बिरामी भएका हुन् । 

आज मध्याह्नतिर घर नजिकैको वनबाट ल्याएको च्याउ खाएर उहाँकी पत्नी ५५ वर्षीया कौशिला मिश्र, छोरी २२ वर्षीया तिलकुमारी मिश्र, १३ वर्षीया रेणु मिश्र र छोरा १७ वर्षीय धर्मराज मिश्रसहित चार जना बिरामी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । चारै जनाको अहिले बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इप्रका बर्दिवासका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । 

सिकिस्त अवस्थामा अस्पताल ल्याइएका चारैजनालाई सघन उपचार कक्षमा उपचार गरिएको अस्पतालले जनाएको छ । चारैजनाको अवस्था अब खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सक डा सीताराम पराजुलीले जानकारी दिए । 

जिल्लाको पुरानो माइस्थान गाविसमापर्ने हालको बर्दिवास–४ र ५ मा बर्सेनि जस्तो जङ्गली च्याउ खाएर बिरामी हुने घटना बाक्लै हुने गरेको छ । यो क्रम रोक्न स्थानीय समुदाय, सामाजिक सङ्घसंस्था र स्वास्थ्य संस्थाले संयुक्त पहल गर्न आवश्यक रहेको यहाँका स्वास्थ्यकर्मीले बताएका छन् । 

प्रकासित मिति

Loading...

 

yummyfood