annapurna add

basanta pathak

रामेछापको गाेकुलगंगा गाउँपालिका वडा नंं. २ ठाेसेमा अबैध घरेलु मदिरा नस्ट गरिएको छ । ठाेसेकाे चाेरपातलमा अबैध घरेलु मदिरा नस्ट गरिएको हाे । प्रहरी हवलदार क्षेत्र गिरीकाे नेतृत्वमा गएको प्रहरी टाेलीले अबैध मधिरा नस्ट गरेकाे प्रहरी चाैकी ठाेसेले जानकारी दिएकाे छ । स्थानीयकाे गुनासो पछि पुगेको प्रहरी टाेलीले ३० लिटर भन्दाबढी मदिरा नस्ट गरेकाे हाे । ठाेसे प्रहरी चाैकीले अबैध मदिरा नस्ट गर्ने अभियानलाई तीब्र पारेकाे छ । यस अधि पनि प्रहरी चाैकी ठाेसेले दाेर्जे,ठाेसे बजार र रस्नालु लगायतका स्थानमा पाँच सय लिटर भन्दा बढी घरेलु मदिरा र मदिरा बनाउन प्रयाेग हुने कच्चापदार्थ नस्ट गरेकाे थियाे ।

r1

मदिराको कारण विकृति बढ्न थालेपछि गाउँ गाउँमा पुगेर घरेलु मदिरा नस्ट गरेकाे प्रहरी हवलदार गरीले जानकारी दिए । घरेलु मदिराकाे कारण घरेलु हिम्साका घटना र झैझगडा बढ्नथालेपछि मदिरा नस्ट गर्ने अभियान चलाइएको प्रहरीले जानकारी दिएको छ। लकडाउनकाे कारण गाउँका पसलहरूमा ब्रान्डडेट मदिरा पाइन छाडेपछि घरेलु मदिरा उत्पादन र खपत बढेकाे प्रहरीले बताएको छ ।

r2

लकडाउनकाे कारण गाउँ फर्केकाहरूकाे चहलपहल बढेसंगै मदिरा सेवनका कारण अापराधिक घटना बढ्न सक्ने भएकाले घरेलु मदिरा उत्पादनमा निगरानी बढाउने र अबैध मदिरा नस्ट गर्ने अभियानलाई तीब्र बनाईएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ । काेराना महामारीको समयमा घरेलुु मदिरा उत्पादन र सेवनले शान्ति सुरक्षामा चुनाैती थप्न सक्ने भएकाले जिल्लाभर घरेलु मदिरा उत्पादन र विक्री वितरणमा कडाइ गरिएको प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

 r3

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...