पोखरा । पोखरा-लेखनाथ महानगरपालिका–१४ चाउथेमा बस्दै आएकी एक महिला व्यवसायी, आफन्त र छिमेकीलाई झन्डै रु ४० करोड ठगेर बेपत्ता भएकी छन् ।

Nepali notes

डेढ दशकअघिदेखि धेरैसँग पैसाको लेनदेन र कारोबार गरेर मन जित्दै आएकी स्याङ्जा, भाटखोला घर भइ चाउथेमा बस्दै आएकी ४२ वर्षीया देवकुमारी भुजेल ५३ जनालाई ठगेर भागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए ।

पोखराको बिरौटा बस्दै आएकी प्रमिला रानाभाटले भुजेलले आफू रु दुई करोड ठगिएको बताइन् ।

१५ वर्षसम्म आफूले लेनदेनको व्यवहार गर्दै आएकामा बेलाबेलामा लगेको पैसाको ब्याज समयमै दिने र मागेका समयमा पैसा पनि फिर्ता गरिहाल्ने गरेकाले आफू विश्वासमा परेको उनले बताइन् ।

स्याङ्जा घर भइ बगालेटोलमा बस्दै आएकी निर्मला शर्मा पराजुलीले आफू रु ९० लाख ठगिएको बताइन् । अनेक बहाना गरेपछि आफूसँग भएको रु ८२ लाख र भाइसित मागेर रु ८ लाख निजलाई दिएको उनले जिकिर गरिन् ।

यस्तै, बिरौटा बस्ने गायत्री अर्यालको रु ३५ लाख र मासवारकी सुशीला सिग्देलको रु १० लाख लिएर भुजेल भागेको प्रहरी प्रवक्ता खत्रीले बताए ।

भारतीय सेनाबाट सेवानिवृत्त लक्ष्मण थापा, एक छोरा र दुई छोरीसहित उनी बेपत्ता भएपछि ठगिएका महिलाले उनको खोजी गर्न प्रहरी कार्यालयमा निवेदन दिएका छन् । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...