हेटाैडा । मनहरी गाउँपालिका वडा नम्वर ५ निवासी उदेकमाया मोक्तानले पाँच ग्रामको सुन पाउन सफल भएकी छिन् । यामाहा मोटरसाइकल हेटाँैडाको लागि आधिकारीक विक्रेता राज मोर्टसमा आइतबार भएको लक्की ड्र कार्यक्रमबाट उनी भाग्यशाली विजेता बनेकी छिन् । मोक्तानले बैशाख २ गते रेजेडआर स्कुटर राज मोटर्सबाट खरिद गरेका थिए ।

kantipathnews yamaha

यामाहा मोटरसाईकल खरिद गर्ने १६८ जनामध्येबाट भाग्यशाली कुपन मकवानपुरका सञ्चारकर्मी सुजन ढकालले निकालेका थिए । सुनौलो २०७६ अफर अन्तरगत यामाहा मोटरसाइकलले चैत र बैशाख महिनाभर यामाहाको कुनैपनि मोटरसाईकल खरिद गर्नेले ५ ग्राम सुन पाउने योजना ल्याएको थियो । उदेकमाया सुनौलो कार्यक्रमको अन्तिम भाग्यशाली विजेता हुन् ।

सुनौलो कार्यक्रमबाट हेटाँैडाका प्रवोध विडारी, रमेश सिल्वाल, स्मार्ट श्रेष्ठ, श्यामप्रसाद चौलागाई, तेजराज उप्रेती, सरिता प्रधान, उर्मिला गोलेले पाँच ग्राम सुनको भाग्यशाली विजेता भएका थिए । चैत र बैशाख महिनाभरी राज मोर्टसले प्रत्येक हप्ता लक्की ड्र कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...