1478958692 banner ad format

 
 


कुन बेला पुगिन्छ दुवई-कतार पत्तै भएन।
भाग्यको कि समयको प्रहार पत्तै भएन।

नीतिको दोष हो कि शिक्षाको दोष ?
किन खाडी पुग्छ बेरोजगार पत्तै भएन।

आकाशबाट उडेर जानेहरु सबै जस्तो।
फर्किए किन बाकसमा यार पत्तै भएन।

जब तिम्रो याद बन्द भयो धड्कनबाट।
आयो गयो दशैंं-तिहार पत्तै भएन।

यहाँ म जलेंं मेरो देश पनि जलिरह्यो् ।
अझै कहाँ छ मेरो सरकार पत्तै भएन।

प्रकासित मिति

Loading...

 

yummyfood