tealaya add

-लिला दाहाल अधिकारी

गजल: एक

आस्थाका बिम्बहरु लगातार ढलेपछी ।
सपनाको महलहरु भत्किएर लडेपछी ।

खै के हेरेर बसेको छ यहाँ सरकार
दिन दिनै बिदेशमा जवान मरेपछी ।

के आश गरु खै शासक यहाँ त बाट
छाउगोठको नारकिय जीवन नरोकेपछि ।

पानी जहाज र रेलको सपनाले हुँदैन
के गर्छस् दिनदिनै भष्टाचार बढेपछी ।

देश बिकासको बाटो कहाँ खुल्छ यसरी ?
जवान बिदेश र नारी स्वदेशमै सकिए पछी ।

गर्न सक्छ्स् भने भष्टाचार र कुरिती रोक्नुपर्छ
अनि हाँस्छिन् आमा चेतनाले उज्यालो खोजेपछि ।

गजल: दुई

पृथ्वी गोलाकार छ दोबाटोमा चिर भेटिन्छ ।।
अतीतलाई बोकेर आएको तस्बिर भेटिन्छ ।।

खै किन हो तर्साउँछ भुतले वर्तमानलाई,
मरुभूमिमा पनि आशाको नीर भेटिन्छ ।।

आकाश जस्तो देखिन्छ त्यस्तो हुँदैन
यहाँ मिठो बोलिमा पनि तिर भेटिन्छ ।।

जीन्दगी अब धम्की र दबाबमा चल्दैन
झुक्नुको अर्थ रहेन प्रेम बिनाको मन्दिर भेटिन्छ ।।

गजल: तीन

तिम्रो नजर बेमानी तिम्रो शहर बेमानी ।
हिड्दा-हिड्दै साथ छोड्ने सफर बेमानी ।।

लज्जालु नयन झुकाइ हेरि यो मन चोर्ने
नशालु मदहोस तिम्रो त्यो अधर बेमानी ।।

अतितका बिम्ब सम्झनाका लहर
कस्तो डिलिटै नहुने असर बेमानी ।।

मुर्खले आफू नै ठूलो सर्वश्रेष्ठ ठान्ने
प्रेमलाई बुझ्न नसक्ने हिटलर बेमानी ।।

बुझ्नसके भगवान एउटै प्रेम नै ईश्वर
मन्दिरमा चुपचाप बस्ने पत्थर बेमानी ।।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर