1478958692 banner ad format

 
 

काठमाण्डौ । गाईजात्राको अवसरमा आरम्भ साहित्यिक शृंखलाद्वारा आयोजित बिशेष कवि सम्मेलनमा सानू शर्मा प्रथम भएकी छन् । उनले प्रथम पुरस्कारस्वरूप फर्सी पाईन् । 
कवि सम्मेलनमा द्वीतिय ज्ञानू ढुंगेल भए भने तृतीय रोहित कार्की भए । उनीहरूले क्रमश चिचिण्डो र लौका पुरस्कार स्वरूप प्राप्त गरे ।

घट्टेकुलोमा आयोजित कवि सम्मेलनमा कविहरुले बर्तमान परिस्थितिमाथि व्यंग्य गरेका थिए । विकृती र विसंगतिमाथि तीखो व्यङ्ग्य प्रहार गर्दै स्रोतालाई हसाउने प्रयास र सम्वद्ध पक्षलाई खबरदारी गरे । चट्याङ मास्टर, लक्ष्मण गाम्नागे , डा बमबहादुर थापा जिताली , प्रेम ओली ढकालपुरे, हरिकला उप्रेती, गोपाल नेपाल, टेकबहादुर कोइराला, डिल्लीप्रसाद मुलतिहुन, पुण्य आचार्य बाछिटा, भैरव अर्यालका नाती केशवराज (केरा) अर्याल, किर्ते पौडेलले गाईजात्रे झटारो ठोके भने रुद्र अधिकारी, देबकी तिमल्सिना, दुर्गा तिवारी, सानु शर्मा, प्रकाश बस्नेत गफाडीले मुक्तकमार्फत ब्यङ्ग्य प्रहार गरे ।

कार्यक्रममा डम्बर घिमिरे, लक्ष्मी प्रसाइ, भुवन सिवाकोटी, रोहित कार्की र जनार्दन अधिकारी धड्कनले प्यारोडी प्रस्तुत गरे ।

पूर्वमन्त्री हरीप्रसाद न्यौपाने, मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह, प्याब्सनका केन्द्रिय प्रमुख सल्लाहकार लक्ष्यबहादुर केसी, पूर्वराजदुत प्रल्हाद प्रसाइ बिशेष अतिथी रहेको कार्यक्रममा प्रथम द्वितिय र तृतिय हुनेलाई पुरस्कार प्रदान गरिएको हो । प्रस्तुति दिनेहरूबाट कवि, पत्रकार राजन न्यौपानेले गोला टिपी छनौट गरिएको थियो भने कार्यक्रम रघुनाथ अधिकारीले सञ्चालन गरेका थिए ।

प्रकासित मिति

Loading...

 

yummyfood