tealaya add

यो जिन्दगीको असर आर्यघाट सम्मको हो
मान्छेमा मृत्युुको डर आर्यघाट सम्मको हो

हाम्रो प्रेमको सम्बन्ध बुझ्छौ नि है तिमी ??
सुरु आँखाबाट सफर आर्यघाट सम्मको हो

मुर्दालाइ नसोध्नुस् तेरो गन्तव्य कहाँ ?
चार काँधको भर आर्यघाट सम्मको हो

ए, जिन्दगी! तैले मलाई मैले तँलाइ बोक्ने
बाध्यता भनु या रहर आर्यघाट सम्मको हो

प्रश्नमा राखिदिनुस् जिन्दगीको दुरी कति छ
र सम्भावित उत्तर आर्यघाट सम्मको हो

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर