tealaya add

                   - डा. घनश्याम परिश्रमी

मान्दैन लाज उसले व्यभिचार गर्छ जसले
अादर्श बन्छ उही नै, म खराब भन्छ कसले

बाेक्रे विवाद मात्रै हुन्छन् भने पुगिन्न
संवादसम्म पुग्ने बाटो दियाेस् बहसले

दायित्व अाफ्नाे बाेक्ने क्षमता नभै हुँदैन 
व्यापार चल्छ कसरी अल्छी भएर पसले

सौन्दर्य पुष्पकाे ती बुझ्छन् कहाँ उसै र!
मौरी पुगेको फूलमा डाकेर हो नि रसले

उस्तै सधैं रहन्न, काहीं कतै अवस्था 
सन्ध्यामा पुग्नुपर्छ सूर्यास्तमा दिवसले

चाहिन्छ साधना खुब त्यागीपनासहितकाे
बन्छन् र काे महर्षि सानाेतिनाे तपसले?

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर