1478958692 banner ad format

 
 

काठमाडाैँ । नयाँबजार स्थित चौतारी ढिडो रेस्टुरेन्टमा स्रस्टा भेटघाट तथा सिर्जना वाचन सम्पन्न भएको छ । स्रस्टा द्वेय नम्रता उप्रेती, बद्री उप्रेतीको आयोजनामा बिहीबार कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमूख अतिथी गजलकार ज्ञानुवाकर पौडेलले छोटो मन्तव्यका क्रममा पुरुषले पोशाकमा ध्यान दिएर चिटिक्क देखिए झैं, महिलाले मेक-अपमा गरेर सुन्दर देखिए झैं रचनामा पनि कला एवम् शिल्पमा ध्यान दिन जोड दिनुभयो । स्रस्टाको कला पक्ष कमजोर भएकोमा कला-शिल्पलाई ध्यान दिन पौडेलले जोड दिनु भयो ।

कार्यक्रममा अतिथीको रूपमा सहभागी ज्ञानुवाकर पौडेल, कलानिधी दाहाल, मदनराज थापा, सुनिल अधिकारीले आफ्नो सिर्जना पस्किनु भएको थियो । विपिन मर्म, रुद्र अधिकारी, निर्मल पराजुली, मिसन अधिकारी, गणेश बाबु अधिकारी, भुवन शिवाकोटी, पुष्पा धमला, सुशिला ढकाल अधिकारी, देवकी तिमल्सिना, रविन्द्र आशिष शैली, राधा भट्टराई, विमला अधिकारी, विमला दाहाल, गोविन्द नेपाल, प्रकाश बस्नेत गफाडी, त्रिपुरा पौडेल, विमला कार्की, निलञ्जला भारद्वाज, शारदा राई, पदम दोङ, राजन न्यौपाने, दुर्गा तिवारी, कौशिला रिसाल, बद्री उप्रेती, नम्रता उप्रेती, र्‍यापर पोइट, कोपिला घिमिरे, सानु शर्मा, विमल झा, लक्ष्मी बस्नेतले पनि आफ्ना कविता, गजल, मुक्तक पस्किनु भएको थियो ।

गजलकार विमला दाहालले संयोजन गरेको कार्यक्रम आयोजक नम्रता उप्रेतीले आफ्ना मुक्तक एवम् गजल सुनाउँदै समापन गर्नुभयो ।

प्रकासित मिति

Loading...

 

yummyfood