tealaya add

-हेमन्त खड्का

तुलसा स्वदेशी राईको कविता संग्रह आमाको लोकार्पण भएको छ । उनका कविताको एकल वाचन तथा खुल्ला कविता प्रतियोगिता समेत सम्पन्न भएको छ ।

अाधुनिक साहित्य परिषद्का अध्यक्ष मुरलिप्रसाद ढकालको सभापतित्वमा स्काई पार्टी प्यालेस सामाखुसी काठमाडौंमा शनिबार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ श्रवण मुकारूङ, बिशेष अतिथी डा.घनश्याम न्यौपाने 'परिश्रमी', ललिजन रावल, अतिथी दामोदर ढकाल 'दिपक', सीता बिष्ट कार्की, गोविन्द लामिछाने लगायतले कृती लोकार्पण गर्नु भएको हो ।

प्रतियोगितामा कवितातर्फ प्रथम स्थान सुन्दर श्रीले हासिल गर्नुभएको थियो।द्वितीय तथा तृतीय स्थान विनोद खत्री अाकाश एवम् सीताराम राईले हासिल गर्नुभयो । कविताकै अर्को विधा गजलतर्फ प्रथम, द्वितीय र तृतीय स्थान क्रमशः सुरेश ढुङ्गाना, मानुषी रेग्मी र नवराज विष्टले हासिल गर्नुभयो ।

कार्यक्रममा विभिन्न जिल्लाका श्रष्टाहरूको उपस्थिति थियो।परिवर्तनका लागि मानव समाज नेपालका सदस्यहरूको गौरमय उपस्थितिले कार्यक्रम अझ गौरवमय भएको आयोजक संस्थाले बताएको थियो।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर