tealaya add

काठमाण्डौ । नवोदित गजलकार नमिता बरालको प्रथम कृति आँगन शनिबार सार्वजनिक भएको छ । साहित्यकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य-सचिव सनत रेग्मीले गजलसंग्रह आँगनको विमोचन गर्नुभएको हो । कोहलपुरको होटल वेस्टर्न रिभर साइडमा पूर्णिमा साहित्य प्रतिष्ठानद्वारा आयोजित स्रस्टा सम्मान तथा कृति विमोचन समारोहमा आँगनको विमोचन भएको हो । सोही कार्यक्रममा साहित्यकार विश्वप्रेम अधिकारीलाई तुल्सीराम स्मृती पुरस्कार-२०७४ समेत अर्पण गरिएको छ ।
 
बरालको कृतिबारे समिक्षा गर्दै प्रतिष्ठानका सचिव  प्राध्यापक पुस्कर रिजालले मोफसलका स्रष्टाले पनि उत्कृष्ट कृति दिन सक्छन भन्ने उदाहरणका रुपमा ‘आँगन’ आएको भन्दै गजलकार बरालको लेखनको प्रशंसा गर्नुभयो । कृतिमाथि प्रतिष्ठानका सल्लाहकार सागर गैरे, स्तम्भकार एवम् साहित्यकार ऋचा लुईंटेलले समिक्षात्मक मन्तव्य राख्नुभएको थियो ।
 
कार्यक्रममा तुल्सिराम स्मृति पुरस्कारबाट स्याङ्जाका बिश्वप्रेम अधिकारी सम्मानित भएका हुन । स्व. तुल्सिरामकी धर्मपत्नी पबित्रा ढकाल र प्राज्ञ सनत रेग्मीले संयुक्त रुपमा अधिकारीलाई सम्मान गर्नुभएको हो । नगद रु. ५ हजार र कदरपत्रबाट सम्मानित अधिकारी स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष हुन् ।
२०६२ सालमा स्थापित तुल्सिराम स्मृती पुरस्कारबाट साहित्यमा कलम चलाउने एक जनालाई हरेक वर्ष पुरस्कृत गरिंदै आएको तुल्सिराम स्मृति प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले बताउनुभयो ।
कार्यक्रममा दाङ, सुर्खेत, दैलेख, बाँके लगायतका झण्डै ५ दर्जन स्रस्टाले आफ्ना रचनावाचन गरेका थिए ।
 
कार्यक्रमको सञ्चालन गजलकार कपिल अन्जानले गर्नुभएको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर