tealaya add

मुक्तक: एक 

खै किन किन तिम्रै मात्र अाश लाग्छ सानू ।
जीवनमा तिमी मात्रै पाे खास लाग्छ सानू ।।
राेकिन्छ कि तिमीविना धड्कन पनि मेराे,
तिमी साथ हुँदा जीवन मधुमास लाग्छ सानू ।।

मुक्तक: दुई

प्यास लाग्दा मैले पिउने पानी हुनु तिमी ।
अाराम गर्दा शिर राख्ने सिरानी हुनु तिमी ।।
तिमीविना कुनै पनि दृश्यै हेर्न चाहन्न म,
संसार हेर्ने यी अाँखाका नानी हुनु तिमी ।।

मुक्तक: तीन

हृदयमा माया साँची, छैन जस्तो गर्छाै ।
मनले अाफ्नै मानेर नि हैन जस्तो गर्छाै ।।
मनकाे भाका ती नजरले बाेलिरहे पनि,
बेचैनीमा छट्पटिन्छाै चैन जस्तो गर्छाै ।।

मुक्तक: चार

माेहनी नै लगायाै कि तिमी मात्रै याद अाउँछाै ।
तन्त्र-मन्त्रै गरायाै कि तिमी मात्रै याद अाउँछाै ।।
तिमीविना याे संसार नै शून्य लाग्न थालेकाे छ,
माया-प्रेमै जगायाै कि तिमी मात्रै याद अाउँछाै 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर