1478958692 banner ad format

 
 
कविता: मान्छेको मुखुन्डो
 
जीवनको रङ्गमन्चबाट 
सुन्दर भविष्य बनाउने
सपना बोकेर
अक्षरको पाठशाला
उक्लदै गरेका
फूलहरू चुडिन्छन् यहाँ 
मान्छे जातको मुखुण्डोबाट ।
 
भर्खरै आमाको दूध चुसेर
खेल्न निस्केका लक्ष्मीहरू
बलात्कृत हुन्छन् ,
ज्ञानको विश्वविद्यालय टेक्ने
तिनका सपना फूल्न नपाउदै
उडाउँछ हावाको एक झोक्काले ।
 
बिस्कुट किनेर 
भाइको भोक मेटाउन 
पसल गएकी
अबोध अन्जना
घर र पसलको बिचदुरीमै
नरसिंहको शिकार हुन्छिन् ।
 
नरकंकालहरू दुर्गालाई
गिद्दे दृष्टिले हेर्छन्
पार्वतीमाथि हातपात गर्दै
छात्तिमा मुड्की बजारेर
आफूलाई बहादुर देखाउछ्न् ।
 
एकाएक रङ्गमन्चमा 
देखिएका दुर्योधनहरू
द्रौपदीलाई नङ्ग्याएर
आफू बलवान् पुरुष घोषणा गर्छन्
र लाउछ्न् पौरषत्वको लाहछाप ।
 
नरपिचासहरूले यसरी 
ताण्डव नृत्य देखाइहदा, 
यस्तो लाग्छ-
संविधानको मौलिक हक 
अदालतको टेबुलमा फिस्स हासिरहेछ 
गणतान्त्रिक मुलुकका भुइँ मान्छे हामी 
दर्शक दिर्घामा बसेर ताली पिटिरहेछौ
पर्दा खुल्ने लाग्ने भैरहेछ ।
 
अब 
तिनले बुझ्न जरुरी छ
तिनले जान्न जरुरी 
तिनले पढ्न जरुरी छ
चेतनाको स्कुलबाट सिकून् 
तिनीहरू कुनै सिन्दुरे ढुंगाको 
सृष्टि होइनन् 
तिनका जननी 
तिनै  लक्ष्मी, दुर्गा, अन्जना,.........हुन् ।
 
 

द्रष्टव्य: तपाईसित पनि बलात्कार विरुद्धका सिर्जना छन् भने हामीलाई अवश्य पठाउनु होला । हामी निरन्तर बलात्कार विरुद्ध सिर्जना पस्किरहेका छौं । 

प्रकासित मिति

Loading...

 

yummyfood