tealaya add

काठमाडौँ । यस वर्ष साहित्य तर्फको नोबेल पुरस्कारको घोषणा नगरिने ‘स्विडिस एकेडेमी’ले जनाएको छ । साहित्यतर्फको नोबेल पुरस्कारका लागि मनोनयन गरिएका ७२ वर्षीय फ्रान्सेली साहित्यकार जाँ–क्लाउड आर्नोल्टलाई स्वीडेनको अदालतले बलात्कारको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको छ । स्टकहोम जिल्ला अदालतले साहित्यकार आर्नोल्ट दोषी रहेको पुष्टी भएको बताएको छ।

आर्नोल्टकी पत्नी स्विडिस एकेडेमीकी पूर्व सदस्य हुन् । यही एकेडेमीले साहित्यतर्फको नोबेल पुरस्कारका विजयी घोषणा गर्दछ । यिनै दुईवटा विवादका कारण यसवर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने भएको हो । आर्नोल्टकी पत्नी एवं स्वेडिस कवयित्री क्याटरिना फ्रोस्टेन्सन पदमा रहिरहँदा पुरस्कारको गोप्यता भङ्ग हुनसक्ने आरोप लागिरहेको थियो ।

एकेडेमीले आफ्नो वेबसाइटमा भनेको छ, “यो निर्णय हाल एकेडेमीमा रहेको कम पदाधिकारी तथा एकेडेमीको सार्वजनिक विश्वसनीयतामा आएको आँचका कारण गरिएको हो।” एकेडेमीका केही सदस्यहरूले पुरस्कारको परम्पराको रक्षा गर्नका लागि यो वर्ष पुरस्कार वितरण गर्नुपर्ने तर्क गरेका छन् ।

आर्नोल्टमाथि १८ जना महिलामाथि बलात्कार, यौनशोषण वा तनाव दिएको आरोप लागेको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर