tealaya add

samayaka swarharuपेसाले राष्ट्रसेबक रहेर पनि साहित्य श्रृजनामा लागि परेको नाम हो -नेपाल रानाभाट “सुवोध” । पोखराका स्थायी बासिन्दा रहेर हाल तनहुँ, दमाैलीलाइ कर्म थलो बनाउनु भएका सुबोधको ‘समयका स्वरहरू’ नामक मुक्तक संग्रह प्रकाशित भएको छ । उहाँ हाल ४ नं प्रदेश शिक्षा बिकाश केन्द्र दमाैलीको प्रमुख हुनुहुन्छ । प्रस्तुत छ नेपालको बर्तमान राजनैतिक अबस्था सुहाउदो, सुबोधद्वारा लिखित -

 

राजनैतिक दोहरी

सत्तापक्ष: गण्डक बेच्यौ कोशी बेच्यौ बेच्यौ टनक पुर तिम्ले
३० वर्ष त पंचायतकै भो बॉकी गर्यौ झूर तिम्ले
निकै सकस भाछ तिम्लाई विपक्षमा बस्दा अहिले
फेरि के के गर्रिराछौ सत्ता पाउने सुर तिम्ले

प्रतिपक्ष: सत्ताको भूत सवार भाछ बोल्छौ आजकल भॉतिभॉति
आसेपासे हनुमानले चढाइराछन् फूलपाती
दुइचार दिनको चुरीफूरी चुनाब मात्रै आवस
अनि चाल पाउने छौ तिम्रा पनि कति रैछन अन्तर्घाती

सत्तापक्ष: ताइ न तुइको कुरा गर्छौ बोल्ने निहु नपाएर
भिजन छैन झुट्टा कुरा गर्छौ जिब्रो चपाएर
कतै पार्टी अफिस फोड्छौ कतै आफू आफै लड्छौ
सक्छौ भने देखाउ बरू आफ्नै पार्टी सपारेर

प्रतिपक्ष: रूघा लाग्दा हॉछ्यूं गर्न विदेशतिर धाछौ र पो
सबैतिर आफ्ना मान्छे भर्ति गर्न पाछौ र पो
ठाउ न कुठाउं हकार्दैछौ, आफू मात्रै डकार्दैछौ
धुर्बे हात्तिजस्तै भाछौ होलीवाइन खाछौ र पो

सत्तापक्ष: नठाने भो तिम्ले पनि गाइको दूधले नुहाएको
प्रतिपक्ष बन्न पनि छैन तिम्लाई सुहाएको
शासन गर्यौ पटक पटक देखाएर अनेक चटक
को होला र थाहा नपाउने देश र जनता रूवाएको

प्रतिपक्ष: सियो चोर्नेले घर फोर्छ रे, अपराधीलाई नलुकाउ भो
आकासबाट तारा झार्ने, ठूल्ठूला गफ नकुक्काउ भो
अरिंगल झै टोक भन्छौ बिरोधीलाई ठोक भन्छौ
गल्ली गल्ली डुली हिड्ने घर पालुवालाई नभुकाउ भो

सत्तापक्ष: के गर्यौ र तिम्ले पनि, शासन गर्ने मौका पाउदा
खुट्टा भूंइमा थे न तिम्रो, पहिलो पटक बहुदल ऑउदा
भाषण गर्ने मात्रै छुट भो, अन्ततिर सबै लुट भो
हॉसो मात्रै उठ्छ आजकल, ब्यर्थै तिम्ले फूर्ति लाउंदा
ranabhat kantipathnews

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर