tealaya add

काठमाडौं । उदियमान कवि लता कार्कीको पहिलो कवितासंग्रह उल्टो पाइलाको मंगलबार काठमाडौंमा लोकार्पण भएको छ । मण्डला थियटरमा बरिष्ठ कवि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काईला, आख्यानकार राजन मुकारुङ एवम् युवा बिश्लेषक बन्दना ढकाल र कवि लता कार्की स्वयमले कृति लोकार्पण गरेका हुन् ।

कृतिको समीक्षा गर्दै युवा बिश्लेषक बन्दना ढकालले श्रमजिवी, मेहनतकस जनताको आवाज बोल्ने एक नारी हस्ताक्षरको नेपाली साहित्यमा आगमन भएको बताईन् । 'स्रष्टाहरूले आजको समाज लेख्ने हो, कविले ईमान्दारिपूर्वक आजको समाज लेख्न कोशिस गरेकी छन् ।' ढकालले भनिन्- 'कतिपय अवस्थामा आर्थिक समृद्धिका कुरा आउँदा कविले पूराना मूल्य-मान्यताकै पक्ष लिए जस्तो देखिन गएको छ, आगामी दिनमा थप प्रष्टता साथ सृजना आउने आशा छ ।'

लोकार्पण कार्यक्रममा आख्यानकार राजन मुकारुङले लता कार्की यौटा बलियो सम्भावनासहित आएकी कवि भएको बताए । मुकारुङले कृतिमाथि भन्दा पनि आगामी कविता कस्ता हुनुपर्छ भन्ने बिषयमा समय खर्चिए । अबको समयमा नेपाली मौलिकता सहितका कविता लेखिनुपर्नेमा उनको जोड थियो । नेपाली कविता पूर्विय वा पश्चिमेली प्रभावबाट मात्र अगाडि बढिरहेको उनको तर्क थियो । संगिनी, बालन जस्ता नेपाली मौलिक शैलीमा कविता आउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रमका प्रमूख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काईलाले कवि लता कार्कीलाई 'पोथी बास्नु हुँदैन' भन्ने उक्तिलाई नयाँ शैलीमार्फत व्यक्त गरेकोमा शुभकामना व्यक्त गरे ।

लोकार्पणको शुरुवातमा कवि लता कार्कीले आफ्नो धन्यवाद तथा स्वागत मन्तव्य पस्किएकी थिईन् । संग्रहमा संग्रहित कविता 'आमा र निर्वासित सपना' पेश गरिन् ।

चिण्डो बुक्स, काठमाडौं मार्फत उनको कविता कृति उल्टो पाईला प्रकाशित भएको हो । संग्रहको मूल्य २ सय रुपैयाँ रहेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर