tealaya add

विराट आदर्श साहित्यिक मन्च, विराटनगरले द्विमासिक रुपमा नियमित संचालन गर्ने गरी काव्य मेहेफिल आयोजना गर्ने भएको छ ।

आगामी असोज २० गतेबाट उक्त काव्य मेहेफिलको शृंखला सुरु हुनेछ । पहिलो शृंखलामा ३ जना कवि र ३ जना गजलकारका रचना वाचन हुनेछन् । कवितामा स्रस्टाहरु रोशन परियार, हरि कट्टेल र दिपक सम्चु सुनिने छन् भने गजल तर्फ कृष्ण कास्यप, राजन कार्की र तारा दिप्शाली राई गुन्जिनेछन् ।

उक्त कार्यक्रम महेन्द्रमोरंग क्याम्पसको समिक्षालयमा बिहान १० बजे देखिसुरु भई दिवा १ बजे समापन हुने कार्यक्रम संयोजक ओमबिक्रम गाउँलेले जानकारी दिए ।

'कला साहित्य र संस्कृतीको सम्मान, विराट आदर्श साहित्यिक मन्चको अभियान' मुल नारा भित्र संस्थाले थुप्रै सिर्जनात्मक गतिविधि गर्दै आएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर