1478958692 banner ad format

 
 

काठमाण्डौ । सुनौलो आवाजले यही भाद्र १६ गते शनिबारका दिनबाट आफ्नो साहित्यिक यात्राको शुभारम्भ गर्ने भएको छ ।

यो संस्थाले सर्वप्रथम यही भाद्र १६ गते शनिबारका दिन आधारशिला क्याम्पस नयाँबजारमा रचनावाचन कार्यक्रमको आयोजना गरेको छ । व्यक्तिभित्र लुकेको प्रतिभा प्रष्फुटन गराउन र सृजनात्मक क्षमताको थप बिकास गराउन कार्यक्रम गर्न लागिएको सुनौलो आवाजका सचिव समेत रहेका कवि सन्तोष बस्नेतले बताए । बस्नेतले मासिक रूपमा सुनौलो आवाजले कार्यक्रम आयोजना गर्ने र कार्यक्रममा वाचित रचनाको मूल्यांकन समेत गरी उत्कृष्ट सृजना गर्नेहरूलाई प्रोत्साहित गर्ने कार्यक्रमको उद्देश्य रहेको बताए । सुनौलो आवाज बिभिन्न स्कुल, क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको साहित्यिक संस्था हो ।

सुनौलो आवाजले वाचनका लागि कार्यक्रम स्थलमा उपस्थित भई मध्यान्ह १२:३०सम्म आफ्नो नाम टिपाउन र रचना बुझाउन अनुरोध गरेको छ । रचना वाचनको लागि स्कुल/कलेजका विद्यार्थी तथा नव प्रतिभालाई प्राथमिकता दिईने समेत संस्थाले जनाएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood