1478958692 banner ad format

 
 

जहिले पनि कुकुरकाे झैँ
किन तिखारिएकाे हुन्छ सत्ताकाे दाँत ?

सहिदकाे रगत दलेर
सत्ताकाे गाला
किन खेलिरहेकाे हुन्छ रगतकाे हाेली ?

सत्ताकै जिभ्राेकाे चुम्बनबाट
नशालु बन्दै 
सत्ताधारी मानिस
किन टाँसिएर बस्छन् सत्ताकाे कसिलाे अङ्गालाेमा ?

हाेशियार,
लपलपाइरहेकाे छ सत्ताकाे जिभ्राे ।

कवि केशव सिलवालको प्रकाशोन्मुख कवितासंग्रह 'धारिला मानिसहरू'बाट एउटा कविता

प्रकासित मिति

Loading...

 

yummyfood