1478958692 banner ad format

 
 

काठमाडौं । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले साहित्यकार भुवनहरि सिग्देललाई सम्मान गरेको छ । शनिबार प्रतिष्ठानको २३ औं रचनावाचन तथा स्रष्टा सम्मान कार्यक्रममा सिग्देल सम्मानित भएका हुन् । संस्थाका अध्यक्ष बिजयध्वज थापाले दोसल्ला ओडाए भने कार्यक्रमका प्रमूख अतिथि बिष्णुराज आत्रेय ‘लाटोसाथी’ले सम्मान-पत्र समर्पण गरी सिग्देललाई सम्मान अर्पण गरिएको हो ।

सम्मानित साहित्यकार सिग्देलले उपन्यासकार लीलाध्वज थापाको उपन्यास पढेको स्मरण गर्दै प्रतिष्ठानबाट आफू सम्मानित भएकोमा खुशी प्रकट गरे । कार्यक्रममा रेणुका भट्टराईका ताङ्काहरू नामक ताङ्कासंग्रह लोकार्पण भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि विष्णुराज आत्रेय ‘लाटोसाथी’ ले साहित्य र भाषा जोगाउन साहित्यको भूमिका महत्त्वपूर्ण रहेको बताए । साहित्यकारहरूको साधनाबाट मात्र गुणस्तरीय सिर्जना हुन सक्ने बताए । उनले लीलाध्वज थापाका उपन्यास एवम् कविताको चर्चा गरे । साहित्यकार पुष्कर लोहनीले हाइकु ताङ्का माथि प्रकाश पार्दै प्रतिष्ठानका कामको सराहना गरे ।

कार्यक्रममा प्रमुख अतिथिलगायत पुष्कर लोहनी, डा. शेषराज आचार्य, डम्बर घिमिरे, रत्नविरही घिमिरे, खेमलाल पोखरेल, महेशप्रसाद रिजाल, निर्मल पराजुली, जयमंगल सापकोटा, गणेशप्रसाद खतिवडा, शिवराम खड्का, रवीन्द्र आशिष शैली, देवकी तिमल्सिना, सावित्री न्यौपाने, भुवन शिवाकोटी, रुद्र अधिकारी, कुशुम शर्मा, शान्ति शर्मा, कुमार नेपाल, उत्तम विचार सर्जक, पदम दोङ, विजयध्वज थापा, भुवनहरि सिग्देल, रेणुका भट्टराई, जनार्दन अधिकारी धड्कन, कोपिला घिमिरेले रचनावाचन गरेका थिए ।

त्यसैगरी महादेव अधिकारी, पुष्पा धमला, मधुसुदन पाण्डे, दुर्लभ शाह त्यागी, सीता दहाल, मञ्जुश्री प्रधान, गायत्री भट्टराई, सीता प्याकुरेल, पुष्पराज पौडेल, अतृप्त पाण्डे, बिन्दु अधिकारी ढकाल, सुधा पाल्पाली, प्रदीप बेरंगी, सरोज कटुवाल, टिएन भट्टलगायतले रचनावाचन गरे । प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रम माधव घिमिरे अटलको सञ्चालन रहेको थियो । दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood