balaram kabi

- बलराम तिमल्सिना

आलम
अव यो नाम
कुनै जातीको नाम मात्र रहेन !

आलम
अव यो नाम
कुनै दलको यश या अपयश मात्र रहेन !

आलम
अव यो नाम
कुनै भूगोलको वासिन्दा मात्र रहेन !

खास जातिको परिचयको घेरा नाघेर
सिङ्गै व्यवस्थाको
परिचय बन्न पुग्यो-आलम !

खास दलको सदस्यताभन्दा माथि उक्लेर
हरेक दलभित्रको
प्रवृत्ति सूचक नाम भयो-आलम !

खास भूगोलको ठेगाना भत्काएर
सिङ्गै देशको
र अझ सिङ्गै पृथ्वीको
खास राजनीतिको
खास आदर्श बन्यो- आलम !

आलम घरघरमा छन्
आलम दलदलमा छन्
आलम गाउँ-सहर सवैतित छन् !

हामीले लडेर ल्याएको व्यवस्था
आलमको,
आलमको लागि,
आलमद्वारा संचालित छ
जसलाई हामी लोकतन्त्र भन्छौं !

हिजो आज राजनीति भन्नु
विशुध्द आलमगिरी भएको छ !

ठगेर भोकै बनाएर मार्ने
चुसेर सिद्रा बनाएर मार्ने
आतङ्ककारी भनेर गोली ठोकेर मार्ने
या इट्टा भट्टामा घुसारेर मार्ने
यी सवै सवै मार्ने तरिकाहरू
आलमगिरीकै तरिकाहरू हुन् !

तपाई विल्कुल अलमलमा नपर्नोस
तपाई नजिकै बसेर आलम
घोप्टे जुँगा मुसारिरहेको हुन सक्छ !

तपाई जे सुकै नाम दिनोस
हामीले वाँचेको राज
विल्कुल आलम राज हो !

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...