klesha1 kantipathnews

काठमाण्डाै ।  भाेलि देखि मण्डला थिएटरमा मञ्चन हुने नाटक ‘क्लेशाः’ मञ्चन हुदैछ । सिंहदरबार पुर्व गेट, अनामनगरमा मञ्चन हुने साे नाटकको तयारीमा तिव्रता दिइएको समाचार प्राप्त भएकाे छ । करमन थिएटरको प्रस्तुती रहेको यस नाटकलाई विजया कार्किले निर्देशन गर्नु भएको छ । 

करमनकाे प्रस्तुती रहेकाे, आफ्नो पहिलो नाटककाे प्रदर्शनीको तिब्र  तयारी गर्दैछ। ‘क्लेशाः नामक नाटकको मुख्य स्रोत रामायण हो ।‘क्लेशाः ले ऋषि लाइ विशुद्द समसामयिक रुपमा नाटकीय प्रस्तुति गर्ने चेष्टा गरेको छ ।

klesha2 kantipathnews

कुनै धार्मिक धागोले नबेरिकन,एउटा पुनर्परिभाषित साहित्यको रुपमा रामायणलाई व्याख्या  गर्दै नयाँ कोणबाट रामायणलाई हेर्न खोजिएको छ। हिन्दु शास्त्र अनुसारका 'क्लेश' का पाँच तत्व ( अज्ञानता, अहंकार, मोह, विच्छेद र डर) यो नाटकको दार्शनिक पृष्ठभुमिमा रहने छन् ।

नेपालको एउटा दुर्गम गाँउमा पंचायति व्यवस्थाको सामाजिक र संस्कृतिक परिवेशमा रामायणका प्रमुख पात्रहरुलाई पुनर्परिभाषित गरिएको छ । 'क्लेश' स्कूल, कलेज र विश्वविध्यालयका विद्यार्थीहरु, शिक्षक, रंगकर्मी, कलाकार, संस्कृतिकर्मी,लेखक, पत्रकार, राजनैतिक  लगायत सम्पूर्ण रंगमंचका दर्शकहरुको लागि बनाइएको निर्देशक कार्की बताउनुहुन्छ। 

klesha3 kantipathnews

नाटकामा अमृत काउचा, जीवननाथ पौडेल, सविन भट्टराई, कुशल पाण्डे, सृजना अधिकारी, तुफान थापा, सुरक्षा पन्त, स्वपनिल घिमिरे, रूजु शर्मा, प्रतिक मरहठ्ठा, राज खड्का, सबिना थापा, सुदिप खतिवडा लगायतको अभिनय हरेको छ भने रिजन परियारले मञ्च व्यवस्थापन हेर्दै हुनुहुन्छ । 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...