1478958692 banner ad format

 
 
काठमाडौं- आधारशीला कलेजको बडा दशैं तथा दीपावलीको शुभकामना आदान-प्रदान सहित आधारशीला काव्य प्रवाहको १६ औं शृंखला सम्पन्न भएको छ । शनिबार नयाँबजार, नर्सरी चोक (काठमाण्डौ) स्थित कलेजको सभाहलमा  कार्यक्रम सम्पन्न भएको हो ।
आधारशीला काव्य विभागकी अध्यक्ष कौशिला रिसालको अध्यक्षता र सचिव सुगिता शाहको सञ्चालनमा काव्य प्रवाहको १६ शृंखला भएको हो । कार्यक्रमका प्रमूख अतिथी प्रगतिशिल लेखक संघका अध्यक्ष मातृका पोखरेलले  साहित्य र कला सामाजका लागी भएकोले स्रस्टाहरूले रमाईलोका लागि भन्दा पनि गम्भीर भएर लेख्नुपर्ने औंल्याउनु भयो । समाज परिवर्तनको दायित्व स्रस्टाहरूको भएको बताउँदै पोखरेलले साहित्यको स्वतन्त्र अस्तित्व संभव नभएको बताउनुभयो । 
 
साहित्यले समाजको रुपान्तरणको लागि काम गर्नुपर्नेमा उहाँको जोड थियो ।  काव्य श्रृंखलाकै बिचमा  आधारशीला शैक्षिक उन्नयन साहित्यिक पत्रिकाको समेत लोकार्पण भएको थियो । 
 
काव्य प्रवाहमा स्रष्टाहरुले आफ्ना रचना वाचन गरेका थिए ।  राजनप्रसाद न्यौपाने, सुगिता शाह, शुशीला ढकाल अधिकारी, रविना घिमिरे जिज्ञासु, दुर्गा तिवारी, दुर्गा चालीसे, बैरागी जेठा, मिशन अधिकारी, छायादत्त न्यौपाने, बिनु के.सी, बासुदेव गुरागाई, राजेन्द्र घिमिरे 'सागर', आर.पी.गाँउले, लोकेन्द्र राई, बासु ठकुरी, उत्तम विचार, सुन्दर खड्का, प्रेम राई परीक्षित, पदम दोङ, कृष्णदेव रिमालले आफ्ना रचना सुनाउनु भयो । 
यसरी नै दिलकुमारी डंगोल, सरस्वती गौतम, सानु शर्मा, लक्ष्मी बस्नेत, पूर्णादेवी न्यौपाने, दूर्लभ शाह 'त्यागी', महेशराज खरेल, भिम पोख्रेल, श्यामकृष्ण महर्जन लगायतले काव्य शृंखलामा रचना वाचन गरे । 
आधारशीला काव्य प्रवाह नियमित साहित्यिक कार्यक्रम हो । 

प्रकासित मिति

Loading...

 

yummyfood