1478958692 banner ad format

 
 

मुक्तक : एक

बग्यो आँसुका खोली खुशि अति टाढा भै दियो ।
फूलैफूलको सुवास पनि घोची दिने काँडा भै दियो ।।
यसैकारण जिन्दगीका गोरेटो दोबाटो बन्दै गएका हुन् ,
जब बाह्य र भित्र आफ्नाकै हात्तीको झै दाह्रा भै दियो ।।

मुक्तक : दुई

मान्छे खाए नि बाघ सही, बिरालो जुठो लाउँदै दोषी।
निरीह सोझो दोषी बन्यो, दियौ सजाय खोजी खोजी।।
ए सभ्य समाज ! न्याय बोल, उघार आँखा-सत्य हेर,
कहिलेसम्म हिड्छौ यस्ता, स्वार्थ र दुष्ट बिचार बोकी ?

मुक्तक : तीन

भनिने तिम्रा सम्पत्ति मन्दिर पसी भेटी बनेको हुन्छ ।
स्थान बदलिँदा नै  गलाको हार पेटी बनेको हुन्छ ।।
त्यागिने छ घमण्ड जवान हो ! बिचार अाश्रमहरूमा
कसरी पाका-जेष्ठहरू पनि  केटाकेटी बनेको हुन्छ ?

प्रकासित मिति

Loading...

 

yummyfood