annapurna add

santosh toofanमेरो गाउँको यात्रा : बिर्तामोड झापा देखि मंगलबारे ईलाम । बिर्तामोड मुक्ति चोक बाट केही पुर्व अनि थोरै उत्तर नयाँ बसपार्क । गाडिको लाईन अनि उत्तिकै मान्छे को भिड छ , सबैको गाडि चड्ने ठाउँ यहि तर अोर्लिने ठाउँ (गन्तव्य ) फरक फरक। यहि भिड भित्रको एक यात्रि हुँ म । मेरो गाउँको यात्रा पनि यहिँ बाट सुरु हुन्छ।

धेरै गाडीहरुको भिडमा एउटा छ खैरो रङको ट्याक्सी गाडि छ जसमा लेखिएको छ बिर्तामोड देखि मंगलबारे । त्यहि गाडि हो जसले मलाई पुर्याइदिन्छ मेरो गाउँ।  म गाउँ जाने हतार मा छु बसपार्क पुगिसके, टिकट पनि लिएँ ।  गाडि भित्र पनि मान्छे भरिभराउ छन् तर ट्याक्सीकाे अन्तिम सिटले मलाई नै पर्खिरहेको छ। म बसिसके पछि ट्याक्सीले आफ्नो गति लिन सुरु गर्यो। जब टेक्सि बसपार्क को पुर्व पट्टि हुँदै केही उत्तर गएर फेरि पुर्व मोडियो। ट्याक्सीको अन्तिम सिटमा छु म यत्तिकैमा गित बज्न थाल्छ - 'मोहनि लाग्ला है गाउँलेको वोलिले।'

गीत सुन्दै बाहिर बुट्टाबारीको हरियो चियावगान लाई नियाल्दै म पुग्छु चारआलि। चारआलि त्यहि ठाउँ हो जहाँ बाट पूर्व गए काँकडभिट्टा, दक्षिण गए भद्रपुर, पश्चिम जाँदा महाकाली अनि उत्तर गए ईलाम,पाँचथर ,ताप्लेजुङ लगायत यत्रा गर्न सकिन्छ । चारआली बाट तीन वटै बाटाहरु छाड्दै म लाग्छु उत्तर तर्फ । कतै हल्का उकालो अनि कतै धागो तन्काए जस्तो तेर्सो बाटो पार गर्दै म पुग्छु बुधबारे। बुधबारे बाट देखिने पहाडका ती सुन्दर दृश्यहरु नियाल्दै हडिया खोलाको पुल तरेर केही अघाडि बड्छु । जहाँ आउँछ थोरै तर कहालिलाग्दो उकालो। उकालो कटिसकेपछि फेरि धगो ताने जस्तो तेर्सो । बर्नेको तेर्सो। यो तेर्सो पनि कटिसके पछि आउन थाले ट्राफिक नियम सम्बन्धि बोर्डहरु। किनकि ! किनकि मैले झापाको भुमि छाडिसक्न लागेँ अब म प्रवेश गर्दै छु मेरो प्यारो ईलाम। 

बाटोको दुवै साईडमा ठुला ठुला कलश , छेउमा ट्राफिक अफिस अनि त्यहि खुलेका होटलहरु। ईलाम प्रबेश गरिसकेँ म। अब लाग्छु कोल्बुङको उकालो । उकालो अनि हल्का जङ्गलको बाटो हुँदै म पुग्छु हर्कटे कुटिडाँडा साथै पवित्र तिर्थस्थल सानू पाथिभराको फेदि। पाथिभराको फेदिबाट अलिअलि अरालो अनि तेर्सो बाटो हुुँदै म पुग्छु कन्याम को चियाबारी। अत्यन्तै मनमोहक अनि हरियालि साथै ठेलाको लाईन । कुनै ठेलामा ईलामेली कोशेली बेच्न राखिएका छन भने कुनैमा चिया खाजा अनि चटपटे पानिपुरी । यिनै सुन्दर दृश्यहरु नियाल्दै म अघि बढ्छु र पुग्छु फिक्कल बजार।

फिक्कल बजार पनि त्यहि बजार हो जहाँ बाट घाम हेर्न श्रीअन्तु अनि मिरिक पशुपतिनगर हुँदै ईन्डिया पुग्न सकिन्छ। साईडका सबै बाटाहरु छोड्दै म अघाडि बढ्छु अनि पुग्छु आईतबारे बजार। सानो तर निक्कै रमाईलो आईतबारे बजार बाट अघाडि अलि अोरालो लागिसके पछि म पुग्छु तिनघरे । यहाँ पनि छ सानू बजार । यहाँबाट म लाग्छु अझै अरालो अनि घुम्तिबाटो । पुग्छु म गोदक, बाह्रगोलाई ,जौबारी । यहाँबाट पनि घुम्तिबाटो पार गर्दै केही अोरालो गएपछि म पुग्छु ईलामको चारखोला मध्येको एक माई खोला । पुल बाटै माई भवति लाई शिरनिहुराएर दर्शन गरी अघि बढ्न साथ मेरो अगाडि आउँछ कहालिलाग्दो उकालो बाटो। हल्का जङ्गल अनि सानो गाउँ घर वस्तिहरु पार गर्दै म अझै उकालो जान्छु तब म पुग्छु जिरोमा ।

जिरो त्यहि ठाउँको नाम हो जहाँ बाट ईलाम बजार अनि सिधै मेरो गाउँ जाने बाटो छुट्टिन्छ। तर म चडेको ट्याक्सी  ईलाम बजार नै प्रवेश गर्दछ। जिरो बाट छोडेको मेरो गाउँ जाने बाटो केहिछिन पछि भेट्टाउने भएकाले ढुक्क छु म ।ट्याक्सी  ईलाम बजार पुग्छ अनगिन्ती पसल अनि कार्यलय भएको यस ईलाम बजार । ईलामको सदरमुकाम पनि भएकाले साना अनि ठुला होटल लगायत स्कुल देखि कलेज सम्म यहि छन। यहि लामो बजार छिचोल्दै म केही पर पुग्छु धोविधारा चोकमा। अनि भेट्छु मैले अघि छोडेको मेरो गाउँ जाने बाटो ।

त्यसपछि फेरी म लाग्छु उकालो अनि पुग्छु ईलामको निक्कै पुरानो बजार विब्ल्याँटे। यहाँ गाडिका लाईन छन । माईपोखरी, सुलुबुङ, सुम्बेक, प्याङ, सोयाङ जाने प्राय गाडिहरु यहि भेटिन्छन् । यो बजार पनि पार गर्दै म अघाडि बढ्छु। खचाखच मान्छे बोकेर अघि वढिरहेको गाडि पनि निक्कै थाकिसकेको छ । अन्तिम सिटमा बसेर 'ईलामे सहर चियावारी राम्रो त्यहिँ पर्यो घर हाम्रो' गित सुन्दै म अोरालो लाग्दै पुग्छु ईलामकै चार खोला मध्येको अर्को पुवा खोला।

भरखरै बनेको पक्कि पुल बाट पुवाखोला पार गर्दै लाग्छु फेरि म उकालो। खोलाको चिसो हावा अनि चराचुरुङ्गीको मिठा मिठा आवाजको धुनमा रमाउँदै निक्कै घुम्ति बाटो पार गरिसकेपछि म पुग्छु नेपालटार । जतिबेला मैले चारआलि बाट पूर्व छाडेर उत्तर मोडिएको थिएँ , त्यस्तै अब यहाँ बाट पनि त्यो बाटोलाई पनि छोड्ने बेला आईसकेको छ । नेपालटार बाट सिधा पूर्व पाँचथर ,ताप्लेजुङ जाने वाटोलाई छाडेर फेरि म उत्तर मोडिन्छु अनि लाग्छु तेर्सो अनि हल्का अोरालो।

जङ्गल अनि केही घरहरु भएको बाटो पार गर्दै म पुग्छु झुत्रे खोला। यो सानाे खोला पार गरेपछि केही उकालो,तेर्सो बाटो हुँदै शान्तिडाँडा अनि भन्ज्याङ । भन्ज्याङ त्यहि ठाउँ हो जहाँबाट केही पश्चिम जाँदा नेपालकै अत्यन्तै सुन्दर अनि हरियालि चियावगान भएको पर्यटकिय स्थल पानीटार पुगिन्छ। तर म सिधा अघाडि बढ्छु। भन्ज्याङ बाट केही मिनेटमै पुगिन्छ मंगलबारे अनि मेरो गाउँ।

म चडेको ट्याक्सी  पनि मंगलबारे बजार प्रवेश गर्छ। ढलान गरेका देखि टिनले छाएका सम्म घरहरु होटल अनि विभिन्न पसल छन यहाँ। बजार को बिचमा पुग्छ ट्याक्सी अनि रोकिन्छ । बिर्तामोड त्यो कोलाहल वातावरणलाई बिर्सिएर मंगलबारे बजारमा झर्छु म अनि लाग्छु आफ्नै गाउँ तिर ।  यसरी पुग्न सकिन्छ मेरो गाउँ। आजको मेरो यात्रा पनि यहिँ सकिन्छ ।

लेखक दाहाल सन्तोष "तुफान" काे यात्रानुभवमा अाधारित लेख ।

प्रकासित मिति

 
 
Loading...