1478958692 banner ad format

 
 
काठमाण्डौ- आशिष रिजालको २३ औं जन्मजयन्तीको अवसरमा बिशेष कवि गोष्ठी सम्पन्न भएको छ । आशिष रिजालको २३ औं जन्मजयन्ती, महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्मजयन्तीको सन्दर्भमा आशिष रिजाल स्मृति प्रतिष्ठानको आयोजनामा कवि गोष्ठी सम्पन्न भएको हो ।
 
निहारिका स्कुल बालाजु-बाइबास, काठमाण्डौमा भव्य रूपमा कविगोष्ठी सम्पन्न भयो।
२०७३ पौष २४ गते सडक दुर्घटनामा परी निधन भएका इन्जिनियरिङ्गका विद्यार्थी आशिष रिजालको नाममा बिभिन्न अवसरमा चेतनामूलक कार्यक्रम गर्ने गरिएकोमा यो पटक सडक दुर्घटना बिषयक चेतनामूलक कवि गोष्ठी आयोजना गरिएको थियो । रविना घिमिरे जिज्ञासुको उद्घोषण, गीता अधिकारीको सभापतित्व, प्राज्ञ बिष्णुराज अात्रेयको प्रमूख आतिथ्यता र रामबहादुर पहाडी एवम कलानिधी दहालको अातिथ्यतामा कवि गोष्ठी सम्पन्न भयो ।
कवि बैरागी जेठाको संयोजनमा भएको कार्यक्रममा  निहारिका स्कुलकी प्रिन्सिपल शोभा अाचार्यले स्वागत मन्तव्य दिईन् । कार्यक्रममा मिशन अधिकारी, प्रमोद स्नेही, गोविन्द नेपाल, कौशिला रिसाल, राजन न्यौपाने, शुशिला अधिकारी ढकाल, राजेन्द्रप्रसाद घिमिरे सागर, वासुदेव गुरागाई, रत्ननिधि रेग्मी, कृष्णदेव रिमाल, भैरवी भूगोल, गङ्गा अाचार्य(क), खिमानन्द पोख्रेल, गङ्गा अाचार्य(ख), प्रकाश सिलवाल, कलानिधि दाहाल, रामबहादुर पहाडी, बिष्णुराज अात्रेय, बैरागी जेठा लगायतले आफ्ना रचना सुनाए ।
नारायण शर्माले कार्यक्रमको विषयमा संक्षिप्त मन्तव्य राखे भने बैरागी जेठाले सहभागीहरूमा धन्यवाद ज्ञापन गरेका थिए । 
भैरवी भूगोलको रातो सडक कवितालाई उत्कृष्ट घोषणा गर्दै पुरस्कृत समेत गरिएको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood