balaram dau

- बलराम तिमल्सिना

ढुङ्गा माटो नदी नाला जे भेटे पनि खान्छ ऊ !
माग्छ दिन्नौं भने हाम्ले खोसेरै पनि लान्छ ऊ !
तर्यो काली गर्यो हुक्राँ कर्णाली तर्न वाँकि छ !
त्यो साँढे पक्री हामीले बधिया गर्न वाँकि छ !

घुर्की धम्की लिपापोती जानेको सव गर्दछ !
म जेठो दाजु हुँ भन्दै जान्ने भै अघि सर्दछ !
भान्सा,भन्सार धन्सार संसारै च्याप्न भ्याउँछ !
भनेको मानिनस भन्दै नाकावन्दी लगाउँछ !

भर्खरै दुष्ट पाजीले कुल्च्यो जम्वु र कश्मिर !
देखाई तिर्तिरे धारो भन्छ हो कालीको शिर !
आजसम्म जति आए हाम्रा नेपाली शासक !
ती सारा देखियो हाम्ले त्यै साँढेकै उपाशक !

हाम्रै छोरा लडिदिन्छन् उस्को सीमा बचाउँन !
जस्को पौरखले उस्ले पाएको छ निदाउँन !
हाम्रो त्यो गुनको पैंचो पाजी वैगुन तिर्दछ !
पडोसी परचक्रीले सीमा मिचेर पिर्दछ !

खोस्रेर साँधको स्तम्भ सार्छ उत्तर उत्तर !
सिंहदरवार निद्रामा घुरी बस्छ निरुत्तर !
खप्नुको नि सीमा हुन्छ सीमा नाघे सहन्न है !
नजागे जनता हामी देश वाँकि रहन्न है !

घरमै कति छन् द्रोही ती द्रोही चिन्न वाँकि छ
के छिन्दा द्रोही मासिन्छन् छानेर छिन्न वाँकि छ
देशको मुक्तिको निम्ति मार्न औ मर्न वाँकि छ !
त्यो साँढे पक्री हामीले बधिया गर्न वाँकि छ !

जाग जसका नशाभित्र नेपाली रक्त बग्दछ !
जाग जसका मुटुभित्र नेपाली चोट दुख्दछ !
जाग तरवार बोकेर लौ काली तर्न वाँकि छ !
त्यो साँढे पक्री हामीले बधिया गर्न वाँकि छ !

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर