tealaya add

balaram

           कबिता

बलात्कार गरेर भाग्दै गरेको
एक युवकको गोजीबाट
वरामद गर्यो प्रहरीले
कम्युनिष्ट पार्टीको परिचय पत्र
अलमलमा पर्यो प्रहरी
उसले गिरफ्तार गरेको युवक
बलात्कारी थियो या कमरेड ?


मानव बेच विखन अड्डामा
एक साथ देखा परे
बेचिएकाहरूका आफन्तहरू
रोइरहेका लहरै
र भित्तामा लहरै देखिए
मार्क्स लेनिनका तस्विर
मुस्कुराइरहेका मुसुक्क
जो पुग्यो त्यो अड्डामा
अर्को पिरलो आइलाग्यो
ऊ पुगेको स्थान
मान्छेको हाट बजार थियो
या कम्युनिष्ट पार्टीको कार्यलय ?


पकेटमारीपछि
जो पक्राऊ पर्यो रङ्गेहात सडकमा
उसको पाखुरामा फेला पर्यो
हँसिया हथौडाको ट्याटु
त्यसपछि अर्को प्रश्न उठ्यो –
कम्युनिष्टहरू कुहिए
या कुहिएकाहरूले कम्युनिष्ट दावी गरे ?
यो वर्षको भ्रष्टहरूको सूचीमा
एक नम्वरमा नाम निस्कियो जसको
उनको परिचय खुल्यो
प्रखर वाम वुध्दिजीवीको रुपमा
त्यसपछि विस्मित हुँदै
मानिसहरूले जिब्रो टोके


प्रार्थना समय सुरु हुनु अघि
महिला चिच्याएको आवाज आयो
मन्दिरको भित्री भागमा
त्यसपछि निस्कियो पुजारी
रगत लतपतिएको पिताम्वरमा
प्रार्थनार्थीहरू अवाक भए
उनीहरूले आफैंसँग सोधे
हामी आइरहेको ठाउँ
मन्दिर हो कि वधशाला ?


कमरेडहरू ठग भए
या ठगहरू कम्युनिष्ट भए ?
कमरेडहरू बलात्कारी बने
या बलात्कारीहरू कमरेड बने ?
प्रश्न कति कहालीलाग्दो छ !


त्यति असल कमरेडहरू
कसरी सजिलै पतित भए ?
या त्यति असल परिचयलाई
कसरी पतितहरूले प्रयोग गरे ?


यो छत्रभङ्ग समयमा
खोज्नु छ हामीले
यी कठोर प्रश्नका जवाफहरू !
र चिन्नु छ
यी खप्टिएका अनुहारहरू
कसका हुन् यथार्थमा !

 

बलराम तिमल्सिना
२०७६|०४|०५
भक्तपुर

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर