Hidden
भोकको मुस्लो पेटमा,धुवाँको मुस्लो आँखामा
(भोकको मुस्लो पेटमा,धुवाँको मुस्लो आँखामा)2
चटनीलाई नून खोर्सानीमा आँसु घोल्दै छु
सडक पेटीमा डराई डराई मकै पोल्दै छु
भोकको मुस्लो पेटमामा ......!
उमेर त अझै कच्चा छ काँखमा सानो बच्चा छ
त्यो पनि हैन रहरको,यै रंगीचंगी सहरको !
के कुरा गरौं हौ अव यो जिन्दगीको कहरको
जिन्दगी भन्दा कम होला यातना बरू जहरको
भोकको मुस्लो पेटमा ......!
बच्चाले खै त बाऊ भन्ला ए आमा घर जाऊँ भन्ला !
कुन लोग्ने कस्लाई बाऊ भन्नू कुन घर हिड जाऊँ भन्नू ?
भन्नलाई गाह्रो कथा छ खप्नलाई मुस्किल बेथा छ !
को होला कथा सुन्दिने अक्षर जोडेर उन्दिने ?
भोकको मुस्लो पेटमा......!
दुखको पहाड छातीमा निदरी छैन रातीमा !
दिनमा सडक पेटीमा बास छ पौवा पाटीमा !
तैपनि लाग्छ बाँच्न मन यो दुखिलाई हाँस्न मन !
आँसुका धारा पुछेर भोलिको सपना साँच्न मन !
भोकको मुस्लो पेटमा .......!

प्रकासित मिति
Loading...
Loading...
Loading...