tealaya add

balaram

कविता 

एक पटक उसले
दन्किरहेको आगोलाई
पेट्रोलले निभाउँन खोज्यो
आगो झन दन्कियो
त्यसपछि आगोलाई
सुकेको खरभित्र घुसार्यो
र सन्तोषको लामो स्वास फेर्यो
एकै क्षणपछि
आगो ह्वारह्वार्ती बल्न थाल्यो
बिचरा हेरेको हेरै भयो !

दोश्रो पटक
उसले आँधीलाई घरभित्र थुन्न खोज्यो
आँधी पस्यो घरमा
र छानो बोकेर भाग्यो
यो पटक पनि बिचरा जिल्लियो !

त्यसपछि
आँधी आउँने बाटोमा
त्रिपालको बार लगाएर ढुकेर बस्यो
आँधी आयो र जरुक्कै उचाल्यो
तीन कान्लामुनि लगेर थेचार्यो
यो पटक त उसको हरिबिजोक भयो !

तेश्रो पटक उसलाई
बाढीसँग झोक चल्यो
सिङ्गै बाढीलाई कुलोमा कोच्यो
कुलो नै खोलो बन्यो र खेतमा पस्यो
खेत खोलियो र बगर बन्यो
बिचरो रुन मात्र सकेन !

अन्तिम पटक ऊ
बाढीलाई तह लगाउँन भनेर
बीच नदीमै पँलेटी कसेर बस्यो
बाढी आयो र बोकेर लग्यो
धन्न धन्न मान्छेहरूले बचाए !

यसरी उसले
केही गजव गजव प्रयत्न गर्यो
र हरेक पटक उत्ताने पर्यो !

मानिसहरू उसलाई देखेर सोच्छन्
शासक बन्नु पर्ने चरित्रको मान्छे थियो
खै कसरी शासक बनेन यो मुला ?

लेखक : बलराम तिमिल्सिना भक्तपुर

 यो पनि पढ्नुहोस : कबिता-छत्रभङ्ग समयको खप्टिएको अनुहार !

एक पटक उसले
दन्किरहेको आगोलाई
पेट्रोलले निभाउँन खोज्यो
आगो झन दन्कियो
त्यसपछि आगोलाई
सुकेको खरभित्र घुसार्यो
र सन्तोषको लामो स्वास फेर्यो
एकै क्षणपछि
आगो ह्वारह्वार्ती बल्न थाल्यो
बिचरा हेरेको हेरै भयो !

दोश्रो पटक
उसले आँधीलाई घरभित्र थुन्न खोज्यो
आँधी पस्यो घरमा
र छानो बोकेर भाग्यो
यो पटक पनि बिचरा जिल्लियो !

त्यसपछि
आँधी आउँने बाटोमा
त्रिपालको बार लगाएर ढुकेर बस्यो
आँधी आयो र जरुक्कै उचाल्यो
तीन कान्लामुनि लगेर थेचार्यो
यो पटक त उसको हरिबिजोक भयो !

तेश्रो पटक उसलाई
बाढीसँग झोक चल्यो
सिङ्गै बाढीलाई कुलोमा कोच्यो
कुलो नै खोलो बन्यो र खेतमा पस्यो
खेत खोलियो र बगर बन्यो
बिचरो रुन मात्र सकेन !

अन्तिम पटक ऊ
बाढीलाई तह लगाउँन भनेर
बीच नदीमै पँलेटी कसेर बस्यो
बाढी आयो र बोकेर लग्यो
धन्न धन्न मान्छेहरूले बचाए !

यसरी उसले
केही गजव गजव प्रयत्न गर्यो
र हरेक पटक उत्ताने पर्यो !

मानिसहरू उसलाई देखेर सोच्छन्
शासक बन्नु पर्ने चरित्रको मान्छे थियो
खै कसरी शासक बनेन यो मुला ?

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...