tealaya add

               गन्तव्य

Bijayata Bhandari

वेगमा चलिरहेको बतासले इसारा गर्छ
त्यो भुमरिको भिड भित्र नछिर
भयानक गतिमा गज्रन्दो आकाश भन्छ
छिटोभन्दा छिटो यो अन्धकारलाई चिर
चौबाटोमा रुमालीरहेको छ यात्रि
आधि हुरी अन्धकारको कुहिरोलाइ
पन्छाएर अघि बढ्छ
उसलाई आधि हुरीको प्रभाव छैन
अन्धकारको भय छैन
उसलाई अघि बढ्नु छ
जुनलाई नजिकबाट हेर्नु छ
ताराहरु गन्नु छ
गन्तव्यमा पुग्नु छ
उसलाई धेरै हतार छ
अनगिन्ती सपनाहरू
बन्दकी राख्दै रातो अक्षता
निधारमा टल्काएर अगरबती
भगवान् सामु सल्काएर
शान्त परिवेशबाट कोलाहल तर्फ
बढ्दैछ अफ्ट्यारो खुड्किलाहरुमा
चुनौती मानी अघि सर्दैछ
उसलाई छिटो पुग्नु छ
गन्तव्यमा पुग्नु छ
उसलाई धेरै हतार छ
अधिकार र कर्तव्यको युद्धलाई
थमथमाउदै पागल सरि एकान्तमा
गनगनाउदै मुटुमा बिझेको काडालाइ
पन्छाएर च्वास च्वास गर्ने पिडालाइ
सम्झाएर पाईला चाल्दैछ
उसलाई समुन्द्रको गहिराइमा पुग्नु छ
सुर्यको तेजलाई छुनु छ
उसलाई छिटो पुग्नु छ
गन्तव्यमा पुग्नु छ
हिउँ भइ पग्लेर ह‍ोस या
आगो भई जलेर
बन्दकी राखेको सपनाहरुलाई
उकास्नु छ
हजारौं परिकल्पनाहरुको
महसुस गर्नु छ
उसलाई हतार छ
छिटो पुग्नु छ
गन्तव्यमा पुग्नु छ

बिज्याता भण्डारी/मेची नगर ४ झापा

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...