Hidden
कविता : मायामा युद्ध भए
एक मात्र होइन कारण हुन्छ भिन्न भिन्न
बिछोड पीडा होस या धोका मनै हुन्छ खिन्न ।।
हाँसो खुशीमा रम्न पनि चाहिने आफ्नोपन
नआओस अरुको खुसी खोसी हास्ने दिन।।
आँखा भई अन्धो बन्नाले संसार अधेरीन्छ
निर्धो बन्नाले नि धर्तीमा पशु कहलिन्छ
माया र साथ लिई आउछन् सब भागमा
अकालमा हामफालि ज्यान दिन्छन् आगमा ।।
जीवनलाई कता तर्फ धकेल्ने भर पर्छ करममा
नराम्रो सोचले नै खान्छ जीवन पारि सरममा ।।
बढछन् बिश्वास र भरोसाको खुनी जब
सत्यता लुक्छ रे पानी मुनि अब ।।
स्वार्थी बनी नहुर्काउ सुगा पिंजडामा छोपी
चाहाना राख्छन् स्वतन्त्रतामा बाच्न पन्छी पनि ।।
ऐक दिन ऐक दिन गर्दागर्दै आउँछ मृत्यु लिन
असल र खराब उस्तै हुन् चिनी र नुन स्वाद नलिई चिन ।।
बिबेकशिल मनुष्यले भरिएको छन् धरातल
छैन एकै भेटिन्छन् सोच कति कति अन्तराल
गलत भई आफु खोज्छन् राम्रो याहाँ
एउटै आलुले संसार बिगार्छ बुझ्ने काहाँ ।।
जताततै डर घृणाले जरा फैलाई सक्यो
काडा मरेर फेरि बिमुरो मौलाई सक्यो ।।
छिन भरकै तिर्सनामा बरबर आँसु किन
जिउ ज्यान धितो राखि सर्छन् अघि फाइदा लिन ।।
मुटुका ढुकढुकीहरु जब विश्राम लिन खोज्छ
मार्ने र मर्ने हुदा धर्तीलाई नि ठेस पुग्छ।।
बिचार र भावनाहरुको गला रेट्दै गए
को बाच्ने को मर्ने मायामा जित हार बिरुद्ध युद्ध भए ।।
बिजयीता भण्डारी
प्रकासित मिति