annapurna add

corona virus NEPAL Bijayata Bhandari

आज देश आफु रुदैछ
तिमीलाई हँसाउन
बन्द छ सुनसान छ
मानौं सुन्यतामै
विश्वयुद्ध लड्दैछ
आफू मरेर पनि
तिमीलाई बचाउन
घृणाले प्रेमको बिरुवा जन्माए झै
आज रोक नियन्त्रण गर
भोली प्रेमले प्रेमको बिरुवा जन्माउनेछ।

उ भित्र्याएको डर त्रासले
बिकासले फुलेको बिश्व
सुगन्ध रित्तिएको फुल झै बनेको बेला
तिमीलाई निर्देशन गर्दैछ
चुपचाप बस्न,घरभित्र बस्न
देशमा संङ्कट उदाउन लागेको छ।

देशको युद्ध छ कोरोना रोग सँग
तिमी हराउन सक्दैनौं
डराउन सक्दैनौं
सफा सुन्दर श्रृङ्गारमा सजिएर
मात्रै बस कोठामा बन्द भई
सजिलैसँग भगाउन सक्छौ
तिम्रो सुरक्षाको तिमी सँगै भिख माग्दै !

आज देश रुदैछ
तिमीलाई हँसाउन
बन्द छ सुनसान छ
मानौं सुन्यतामै
विश्वयुद्ध लड्दैछ
आफु लडेर पनि
तिमीलाई उठाउन
आफू मरेर तिमीलाई बचाउन ।

बिजयीता भण्डारी

थप कविता

जिन्दगी र फूल

सम्झना

'खै कहाँ छौ तिमी ?'

कविता : रहर बिचित्रको !

देश मिचिँदैछ कि, बेचिँदैछ ?

कविता : सङ्कुचित आशा

कविता - कसरी मनाउँ तिहार

कविता : म भिकारी छु

कविता : यसपालि दशैं

कविता : देशलाई छ उसको खाँचो

कविता : छोरी

कविता - तिम्रो चिनो

कविता : मायामा युद्ध भए

कविता - निर्मला पन्त

कविता : गन्तव्य

कविता : तिमी चोर

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...