tealaya add

अहिलेकाे  ब्यबस्था के हाे?  देश प्रजातन्त्र,गणतन्त्र लोकतन्त्र हुखै लुटतन्त्रमा गयाे ।  यस्ता बिचार हरेक क्षेत्रमा अाउने गरेको छ । यसबाट हामीले बुझ्न सक्छोै सत्ताकाे सदुपयोग भन्दा दुरुपयोगको गती  तिव्र छ।
अाजकल जनमासमा यस्तो विचार जागेको छ विभिन्न तन्त्र, प्रजातन्त्र,गणतन्त्र लोकतन्त्र भन्दै पटक पटक नारा जुलुसगर्दै स्वतन्त्रताको निमित समृद्द नेपालको खातिर देशब्यापी विद्रोह गर्दै जनसागर उथलपुथल र भाडभैलो गराउदैँ रगत तताउदै त्यो तापलाई मत्थर पार्न सडकमा ल्याईयो अाखिर त्यो जनसागरको मागसहितको विशाल कार्यक्रम सफल भएरै छाड्यो ।

(तस्बिर : गुगल )

यस्ताे जनसागरबाट प्राप्त भएका उपलब्धिहरुलाई नेताज्यूहरुले कालखण्ड वि अनरूप भिन्न तन्त्रको नामाकरण गर्दै जानु भयो । एेतिहासिक उपलब्धि भएको घोषणा गर्नु भयो र सुशासित नेपालको परिकल्पना जनमासमा पुर्याउनु भयो ।

जनताहरु अाशातीत भईरहे तर एकरत्ती पनि परिवर्तनको अाभाश पाउन सकेनन्र, न्यायचित ठान्न सकेनन् । अन्यायको ज्वाला दन्कीरह्यो कसैले निभाउने अाट गरेनन् । बलेको अागो ताप्ने काम मात्र गरिरहे र देशलाई क्रमबद्द लुछ्ने प्रवृती कायम रह्यो । 

जे गर्यो यहिँ तन्त्रले गर्यो कतिको ज्यान गयो ,कतिको सिउदो पुछियो कतिको र  तन ,मन,धन छेत विच्छेद भयो । विभिन्न तन्त्रकै नाममा गरिवहरुको हत्या भईरह्यो ।जब तन्त्र पुर्ण रुपमा स्थापित भयो फेरी अर्को तन्त्र को सुरुवात भयो छोटो समयमा विभिन्न तन्त्रको चर्चा भईरह्यो ।
अाखिर भयो के त? जिज्ञासाको अाधीअोईरो बर्सन्छ? तर जवाफ कही हुदैन । हरेकले गल्ति गरेका छन तर मैले गल्ति गरेको हो माफ गर्नुहोला भन्ने कुनै पनि जनताका प्रतिनिधीहरूको हिम्मत रहेन । सबैले अाफुलाई  सक्षम ठानी रहे यसैको परिणाम हो यो अहिले जनताले भोगिरहेका छन ।
शासक परिवर्तन भयो अालोपालो दोह्रोर्याई, तेह्रोराई कुर्सिकै वरिपरि घुमि रहे । कुर्सिको मोहले कहिल्यै छाडेन् ।प्रतिपक्षमा हुदा हरेक पाटीका मुद्दाहरु जनतामा लक्षात हुन्छन पारदर्शी र प्रभावकारीजस्ता देखिन्छन ।जब सरकारमा पुग्छन लागु गर्छु भनेर प्रण गरेका मुद्दा तथा एजेण्डाहरु सुस्तरी हराउदै जान्छन,विर्सिदै जान्छन,। उनिहरुलाई यो हेक्का रहदैन जनताको कुन विषय,कुन माग र समस्या समाधान गर्न अाफुलाई सरकारमा पठाएका हुन ।
यहाँ स्याल भएर सत्तामा छिर्ने अनि बाघ भएर सत्ता बाहिर अाउने संस्कारले गतिलो जरा गाडेको छ । यस्ता तन्त्रलाई वेला वेला जन्माउदै न्वारान गर्दै गरियो तर हरेक तन्त्रले जनतालाई प्रभावकारी राहत दिन सकेन ।जनभावना समेट्न सकेन उल्टै लुट्ने काम भयो थिचोमिचो बढ्यो जब नेताहरु स्वतन्त्र भए तब राजनिति मोैलायो र चरम सिमा नाघ्यो अन्तत जनताको जिवनस्थर झनझन कमजोर हुदै खस्किदै गयो।

अब जाअोैँ तन्त्रले असर गरेका "सन्दर्भतिर"
पहिले पहिले साथीहरुले तिम्रो बाबा के गर्नुहुन्छ भनेर प्रश्न गर्दा किसान हो भन्न खुब लाज मान्दै बस्नु पर्थ्यो किसानको छोरा हो भनेर भन्ने तागत कहिल्यै अाउदैनथ्यो यदि सिधा किसान गर्नु हुन्छ भन्दा सबैले होच्याउने, जिस्क्याउने प्रवृती कहि कतै अझै ताजा छन। त्यो समय सायद तन्त्र अलि कडा रुपमा प्रस्तुत हुन्थ्यो त्यति धेरै न्याय हुन नसके पनि जनता लुट्ने काम चाहि भएको थिएन की ?
उसको प्रश्नको जवाफ दिनलाई महिना कुर्नु पर्थ्यो बाबाको पेसा भन्न हिचकिच गरिरहन पर्थ्यो ताकी उसको बाबाको भन्दा माथील्लो तहको जागिर होस ।कमाई पनि त्यस्तै होस उसको भन्दा केही राम्रो लगाउ राम्रो खाउ चिटिक्क परेर हिडोैँ बच्चापनमा स्वभाविक सबैमा यस्तो बानी हुन्छ होला ।हुनु पनि स्वभाविक हो तर जब ति सबैकुरा बाट बाहिरिएर विचित्रको जिवन गुजारिरहेको म कसरी भन्न सकु? तैपनी थाहाँ भएको अफिसको कर्मचारी भन्नेै पर्ने हुन्थ्यो ।त्यस पछि बल्ल अाफ्नै मर्जि चल्थ्यो ।
अझ दाई दिदिहरुको जागिर पनि राम्रै ठाउमा हुने हो भने त सोध्नु भन्दा पहिले मेरो दादा फलानो अफिसको अफिसर हो दिदि फलानो प्रोजेक्टको हाकीम खुलस्त भन्न सकिन्थ्यो तेति वेलाको मान सान कति उच्चाईमा पुगेको महशुस हुन्थ्यो।तर अहिले "तन्त्र"परिवर्तन भयो ति दिन गए अहिले कुन अफिसमा काम गर्नुहुन्छ भन्दा खुम्चिएर भन्नु पर्ने अवस्था छ ।भनि नसक्दा प्रति प्रश्न गर्नेहरु दोष देखाउनेहरु बहुसङख्यक छन ।
तर अपसोच जुनवेला बाबाको जागिर नहुदाको स्थिती खुम्चिएर सोचेर उत्तर दिनु पर्ने अबस्था थियो ता की उसले भोलिदेखि किसानको छोरा भनेर हेप्न नसकोस ।गिज्याउन नसकोस अाफु बचेर उत्तर दिनु पर्थ्यो ।त्यसैले त बाबाको जागिर नभएपनी अाफैले जागिरे बनाएर मेरो बाबा फलानो अफिसमा काम गर्नु हुन्छ भन्नु पर्थ्यो ।लाग्छ समयले कोल्टे फेरेकै हो अाज ढुक्कले मेरो बाबा किसानी गर्नुहुन्छ भन्दा छुटै अान्नद मिल्छ ।जुन वेला अपमानित हुदै बाच्नु पर्थ्यो त्यो दिन गए अब
हो किसानको छोरा भन्दा जागिरेका छोराछोरीले खुब हेप्ने प्रवृती थियो र अझै पनि छ केही ठाउँमा समयअनुसार परिवर्तन भए होला तर किसानहरु अझै हेपिने गरेका छन टाढाको के कुरा गरोै अलि जग्गाजमिन कम हुने किसानहरु खान्दानी, जमिन्दारबाट नै पिडित छन उनिहरुका छोरा छोरीबाट पिडित छन सानो तिनो विवाद हुदा पनि अोैकात देखाउछस् हाम्रो नभए भोक भोकै मर्ने थिईस सम्म भन्ने बचन लगाउने गर्छन ।
पश्चिम सुदुरपश्चिम तिर हेर्ने हो भने त अझै हलि बनेर बसेका छन ।अाफ्नो जिवनकाल अगाडीको पुस्ता पछाडीको पुस्तालाई पचास साठ्ठी हजार ऋण लिएकै भरमा दुई चार पुस्ता नोकर बनाएर राखेको छन ।सधै साहु माहजनको मुखियाको घरमा काम गरेर बसे पछि न त उनिहरुले त्यो ऋण चुक्ता गर्न सक्छन न त्यो नोकर दास बाट छुटकार पाउन सक्छन ।
प्रजातन्त्र,गनतन्त्र,लोकतन्त्र विभिन्न तन्त्र निति नियम नै परिवर्तन भईसक्दा पनि नियती परिवर्तन हुन सकेको छैन यो त एउटा प्रमुख घटना मात्र हो यस्ता असिमित समस्याहरु भोग्दै अाएका छन ति किसानहरु...।
उनिहरुलाई के थाहाँ काम गरि खानेलाई जहापनि अवसर अाउछ भन्ने कुरा कदापी त्यस्तो सोच्दैनन उनिहरु मात्र किसानको फाईदा देख्छन तर किसानले दुख गरेर उब्जाएको नाफा भने कहिल्यै देख्दैनन् यो दर्दनाक अवस्था अझै यथावत छ ।
साहुहरुले कहिल्यै सम्मान,ईज्जत होैँसल्ला उत्साह,प्रेरणा दिन जान्दैनन उनिहरु मात्र सोच्छन मेरो काम गरेर बाचिरहेका छ यति मात्र सोच्छन ।कहिल्यै सोच्दैनन् यिनीहरुले काम गरेर हामीलाई बचाईरहेको छन यस्तो सकरात्मक मानसिकता छदै छैन। पछिल्लो समयका केही परिवर्तन अाए पनि त्यो पुरानो शैलि ब्यबहार अझै सजिव छ ।
किसानले किसानलाई खसाल्ने प्रवृती भएपछि बाहीरी जागिरेहरुले सिकोगर्दै किसानले केही सिमा नाघे मात्र अोैकात देखायो भनेर धम्क्याउने गर्छन गिज्याउने गर्छन अझै पनि किसानहरुलाई जति जागिरमा सम्मान दिईन्छ त्यसको अाधा पनि सम्मान ईज्जत दिन सकेको छैन ।
राज्यले पनि किसानका विभिन्न कार्यक्रमहरु ल्याए पनि अधिकतम त्यस्ता कार्यक्रम बाट बन्चित छन । न कुनै मापदण्ड छ एक दुइ ठाउमा किसान बटुल्यो फिल्मी स्टाईलमा दुई चार वटा फोटो प्रमाण बनायो त्यसपछि किसानका नाममा विभिन्न कार्यक्रम मार्फत सहयोग गरेको सिपमुलक तालिम दिएको रिपोर्ट बनायो । कति सजिलो भत्ता पचायो तलब पड्कायो,जनता भने चिल्लै समय बर्वाद गर्नु बाहेक केही उपलब्धि हुदैन ।
काेही रुपैँयामा पनि विकेका छन तर न त डलर खानेहरुले टेवा दिनसकेको छ न त सरकारी स्तरका परियोजनाहरुमा काम गर्ने कर्मचारीहरुले राहत दिएका छन । गोष्ठी भन्दै विभिन्न बाहनामा भेला भएर कार्यक्रम गर्छन जुन हाती अायो हाती अायो फुस्स किसानले समय खेर फाल्नु बाहेक केही पाउदैनन् । किसानकै लागि भनेर तोकीएका कार्यक्रम पनि त्यती पार्दर्शी छैन।
विभिन्न च्याउसरी संस्थाहरु छन तालिमका कुरा गर्छन गोष्ठीका कुरा गर्छन सबैलाई नाम कमाउनु छ । काम गरेर हैन यसो दाया बायाँ झिमिक्क अाखाँ बनायो काम सक्यो हिड्यो,तर ति किसानका समस्या विउबिजन देखि विविध समस्याहरु जस्ताको तस्तै हुन्छ।  सरकारी काम कहिले जाला घाम यहि शैलिमा काम गर्छन । केहि क्षेत्रमा त्यस्ता कार्यक्रम पुर्याएका छन किसानहरु पुस्कृत भएका छन प्रेरणा दिएका छन तर धेरै भन्दा धेरै संस्थाले भने मिठा मिठा गफमा टारेका छन । त्यसैले त जनमासले विश्वास गर्ने ठाउँ छैन ।
यहाँ काम गरेर देखाउने संस्थाहरुले पनि विश्वास जित्न नसक्ने अबस्था छ । सकरात्मक भन्दा नकरात्मक प्रभाव बढि छ। यो संस्थाका केहि गैरजिम्मेवार कर्मचारीको कारण पवित्र मनहरु पनि अपवित्र भएका छन सभ्यलाई असभ्य को अारोप पात्र बनाएको छ ।
बाली सप्रियो भने त किसानहरु परिश्रमको फल मिठो मान्छन जब बाली बिग्रन्छ अनि अाफ्नै पेसालाई श्राप दिदै बस्नु पर्ने अबस्था छ । जे जस्तो भए पनि अहिले अाएर मेरा बाबा किसान हुन भन्न लाज नहुने स्थिती भएको छ राज्यबाट सम्मान  पाउन नसकेपनि ईज्जत प्रतिष्ठा हुने हुदा ढुक्कले मेरा बाबा किसान हो भनेर गर्व गर्न सकिने अबस्था छ ।

"सरकारी/ निजामती"
जुन समय थियो मेरा बाबा सरकारी अफिसको हाकिम भन्दा मन प्रफुल्ल भएर अाफुलाई गर्व हुन्थ्यो तर समयअनुसार परिवर्तन हुदै जादा सरकारी जागिरेका छोरा छोरी श्रीमती अाफन्तमा एक किसिमको सिरेटो चिसोहावाँ ले तरङ्ग फैलाएकोको छ । अफिसको जागिरे भनेपछि मान्छेहरु घाम जस्तो अनुहार अोैशीको रात झै बनाउछन खै किन हो अफिसका हाकिम कर्मचारी भने पछि मान्छेमा कम्पन अाउछ, त्रसित हुन्छन ।

"छोरी पिटेर बुहारी तर्साउने सासु"

साथी भाईले तिम्रो बाबा कहाँ काम गर्नुहुन्छ भन्दा उत्तर दिन अकमक्काउने वेला भएको छ प्रहरी,मालपोत,मन्त्रालय, यातयात सबै तिर भ्रष्टचार हुन लागे पछि सबैले प्रश्न तेर्स्याउने गर्छन ।अब सरकारी जागिरे हरुले मेरा बाबा किसान हो भन्नु पर्ने वेला अाएको छ किसान भनेपछि तर्क वितर्क प्रश्न प्रतिप्रश्न साम्य हुन्छ ।जब सरकारी भनिन्छ पक्केै छाड्ने छैनन प्रश्नको अोईरो लगाई दिन्छन ।
मेरो साथीको बाबा मालपोतमा अधिकृत रहेछन उसले खुब दुख पोख्दै थियो के गर्नु साथी समय कस्त‍ो अायो यहाँ विश्वास भन्ने कुरा हराई सक्यो ।
साथीलाई सोधे छ तिम्रो बाबा कहाँ जागिर गर्नु हुन्छ?
नम्र, सरल सुस्त भएर मेरो बाबा मालपोतमा जागिर हुनुहुन्छ ।
"ए भने पछि माला माला कमाई हुने रहेछ?
त्यस्तो कमाई हुदैन कमाई हुने भए त किन यसरी म अाफै दुख गर्नु पर्थ्यो कलेज को फि अाफैले कमाएर बुझाउने गरेको छु ।कोठा भाडा रासन बाबाको तलबले पुग्छ अरु केही गर्न पुग्दैन।
"अझ सम्म भाडामा बसिरहेको छोै? हो घर किन नबनाएको ? कि एकै चोटी करोडको घर किन्ने विचार कि के हो?
उसका यस्ता प्रश्नले म वाक्क हुन लागिसकेको थिए तैपनी नयाँ साथी सबै भन्ने पर्यो ।
मैले उसलाई प्रतिप्रश्न गरे तिम्रा बाबा चाही के गर्नुहुन्छ?
उसले अारामले सकस नमानी उत्तर दियो मेरा बाबा किसान हुनु हुन्छ दुईचार सय बाख्रा पालेका छोै एक दुई हजार कुखुरा पालेका छोै दुध दिने गाई छ तरकारीहरु रोपेका छोै हरेक वर्ष अालु सप्लायर्स खेतमा नै अडर गर्न अाउछ दुई चार जनालाई रोजगार दिएका छोै महिनाको लाखभन्दा बढि अाम्दानी हुन्छ भनेर उसले सरल तरिकाले मेरा हरेक जिज्ञासा एकै पटकमा मेटाईदियो।
फेरी प्रश्न तेर्स्याउन लाग्यो अनि अब के गर्ने विचार छ नी बाबाको अफिसमा जागिर खाने हो की?
हेरोैँ जागिर मिल्यो भने त खाने हो तर कहाँ सजिलो छ र लोकसेवा पास गर्नुपर्छ कहाँ पहिले जस्तो सजिलो छ र साथी जागिर खान ।
बाबाको हुकुम चल्छ होलानी हाकिमका छोराहरुलाई के पिर हो जागिरको?ढाक्रेका छोराहरुलाई त घुस लिएर जागिर दिन्छन अाफ्नो छोरा लाई त छिराई हाल्छन नी?ब्यङ्ग्य संग गहकिलो प्रश्न तेर्स्याई हाल्यो 

मलाई नी उसका कुराले पारा तातिसकेको थिय‍ो परिचयको क्रममा नै के झर्किनु भनेर सम्झाउदै भने यस्तो हुदैन साथी त्यस्तो हाकीमको छोरा भनेर सजिलै जागिर दिने भए पहिले पनि नाम निष्किहाल्थ्यो नी !किन यसरी मरिहत्य गर्नु पर्थ्यो ।जागिर जागिर भन्दै किन दोैडधुप गर्थे र म? 

ए हो र? पहिले पनि जागिरमा कोसिस गरेका थियोै हो?

पत्याउन त के पत्याउथ्यो तैपनी मैले वास्ताविक बताईरहेको थिए हो मैले नेपाल बैङ्कमा दिएको थिए निष्किएन नाम । तर शंका मलाई पनि लागेको थियो कमजोर मान्छेहरुको नाम निष्किदा र मेरो नाम नअाउदा झस्केको थिए तर मैले अाफ्नै गल्ति होला भन्ठाने।
नेपाल बैङ्कमा कहाँ बाट निष्कन्छ त ज्याक लाग्ने ठाउँमा दिनु पर्यो नी फेरी उसले तर्क गरिहाल्यो। हेर्दा सामान्य बोल्ने तर कुरा भने झनक्क हुने गर्थ्यो ।

" चिल्लो कुरामा मख्ख पर्नु गल्ति भयो"

' तुरुन्तै जवाफ दिए मालपोतमा पनि दिएको हो तर नाम निष्किएन ।खै मोटो रकम खोजेको हो की ? रकम भए किन जागिर खानु पर्थ्यो म मोैन रहे!
अब भने उ अलि भावुक भयो हैन किन त तिम्रो बाबा हाकीम भएर पनि एउटा जागिरमा नाम निकाल्न सकेनन् ?मैले कति देखेको छु मेरो घर छेउमा अंकलहरुले अाफ्ना शाखाँ सन्तान सबै अार्मी,पोलिस जिल्ला प्रशासन ,अड्डा अदालत मा जागिर लाएको देखेको छु त्यो अंकल कार्यलय साहयक भन्छन काठमाण्डोैमा जग्गा जमिन जोडी सके घर ठर्याई सके छोरा छोरी राम्रो कलेजमा पढा्उछन अनि कसरी संम्भब छ? तिम्रा बाबा हाकिम हुदा पनि किन घर गाडी अत्तोपत्तो छैन?

उसको शंकाले चरम सिमा नाघिसकेको थियो 
मैले सम्झाउदै भने साथी त्यो उनिहरुको कुरा हो तर हाम्रा बाले महिनाभरिको तलब अामाको हातमा ल्याएर बुझाउनु हुन्छ अफिस हिड्दै जानु हुन्छ ।

यति भनि सक्दा ,उ अलि नरम हुदै अाएका थियो तर उसको जिज्ञासा मैले मेटाउन सकेको थिएन।

साच्चै भन त तिम्रा बाले अाखाँ झिमिक्क बनाउछन कि नाई? अस्ति म जग्गा पास गर्न गएको थिए घुस नदिदा सम्म फाईल अगाडी बढेन अनि कसरी विश्वास गरोै म?

उसको विलोैना पनि जायज थियो भोगाई रहेछ कसरी विश्वास गरोस उसको नजरमा हामी अपराधी भयोैँ अपराधी बनाउदै छस मनमन सोचिरहे ...

कुरा अलि बुझिन के भन्न खोजेको?साथी मैले सोधे ..

हाकीमहरु घुस विना काम गर्दैनन रे त अब त्यसलाई पनि परिमार्जन गर्ने अरे! घुस नराम्रो शब्द भयो रे अब त त्यसलाई सेवा शुल्क भनेर लिने अरे! एउटा टेवल बाट अर्कोमा पुर्याउदा कति रकम लिने भन्ने रेट बनाउने अरे!हाकिमको छोरालाई यति कुरा नी थाहाँ छैन? हुन त सबै पाठ सिकाई सकेका होलान बाबाले हैन?हाकिमको छोरा, छोरी, श्रीमती,अफिसका कर्मचारी सबैको लोलीबोली लगभव एउटै नभएपनि भाव मिल्छ ।

अहिले भने मेरो दिमाग फनफनी घुम्यो! भित्र भित्रैे पोलि रह्यो उसका प्रश्नले मेरा कान बन्द भईसकेको थियो म संग उसलाई सम्झाउने शक्ति पनि थिएन उसका बचनले म शिथिल भईसकेको थिए ।अब साथी यो भन्दा अगाडी नबढोैँ तिमिले खुलाम खुला भन्दै छोैँ मेरा बाबा हाकिम भएर घुस खाईरहेको छ भनेर अब अति भयो तिमिले भन्न खोजेको के हो ह? यति भने पछि उसको अनुहार रातो पिरो भयो ।

घुस नै खाए भनेर प्रमाण त दिन सक्दिन तर खान्छन भन्ने चाहि पक्का छ ।जाउ तिमी एक दिन सेवाग्राही बनेर तिम्रो बाबाको अफिस अनि थाहाँ हुनेछ तिम्रो बाबाको अफिसमा घुस खान्छन खादैनन् भेस बदलेर जाअोैँ जाने हो? जाने भए कहिले जाने?उसले चुनोैती दिदै भन्यो म विश्वस्त थिए मेरो बाबाको अफिसमा घुस भन्ने कुरा चल्दै चल्दैन फेरी मेरो बाबा अफिसकै प्रमुख हो उसको चुनोैती लाई स्विकार गरे ।

हैन यसले के भन्दै छ उसको कुराले अहिले भने मलाई संका लाग्यो तर मलाई विश्वास छ मेरो बाबाले घुस खानु हुदैन ।

ट्रम्प नितीबाट नेपालले सिक्नुपर्ने कुराहरु

मैले उसको कुरामा सहमती गरे हुन्छ अाईताबार जाने मालपोत अफिस मेरो काका बाबा दुबै अफिसका हाकीम हुन पहिला काका को मा जाने हामी योजना बद्द छुटियोैँ ।

मनमा तर्कनाहरु खेलि रह्यो मलाई मेरो बाबा माथी संका लाग्न लागेको थियो तर काकामा भने पुर्ण विश्वास मेरो काका धेरै चलाख हुनुहुन्छ तर साह्रै ईमान्दार उसको त्यहि ईमान्दारीताले छोटो समयमा मालपोतको हाकीम भएका हुन साह्रै धैर्यवान प्रतिष्ठामा खुब ख्याल गर्ने हुनुहुन्छ ।

अब भोलि शनिबार भएकोले मेरो साथीको योजना अनुरुप हामी मालपोत जान एक दिन बाकी थियो।म पनि अाफ्नै योजनामा लिप्त थिए काकाले चिन्न नसक्ने भेसमा जानुपर्ने काम जोखिम थियो यदि काकाले चिने भने त्यहाँ बर्षोै बर्षको नाता मेटिने अवस्था श्रृजना हुने स्थिती थियो शाहस गरेर नै जान लागेको थिई ।

मेरो कोैतुहल मेटिन बाकी एक दिन थियो टेलिभिजन हेर्दै थिए एक्कासी खैलाबैला टेलिभिजनमा भिड देखियो ।ह्या के को नाका बन्दि हुन लागेछ भनेर च्यानल चेन्ज गर्देै थिए रिमोट दबाउदा काकाको फोटो देखे ।

लोै काकाले के राम्रो काम गरेछन । फोटो अाएको छ त टेलिभिजनमा म ठुलै स्वरमा कराएर अामा अाउनु त टिभी कोठामा काकाको फोटो टेलिभिजनमा अाएको छ बैनि अामा दोैडिदै अाए त्यो भिड हटेको थिएन हाम्रो अाखाँ टिभिमा केन्द्रित भयो ।

विस्तारै काकाको फोटो र उनका साथीहरुको फोटो देखियो हामी खुसि हुदै थियोै के गरेछन यति राम्रो काम समचार पनि कति ढिलो अाएको हो ।

रेमिटान्सको भित्रिएको देख्ने अाखाले लास किन देख्दैन सरकार? 


हेर्दा हेर्दै एउटा पत्रकार देखियो ठुलो स्वरमा घुस काण्ड मा चार जना मालपोतका कर्मचारी मुच्छिएको भन्दै नाम तोकीयो ।सुरुमै अायो काकाको नाम अनि उनका साथीहरुको घुस काण्ड मिनेटमा हावाँ सरी फैलियो घुसकाण्डमा काका फसे बाजेहरु कति ईमान्दर थिए हजुरअामा विलोैना गर्न थाल्नु भयो रुवावासी चल्यो घुस काण्डले अनुहार देखाउन नसकिने भयो ।हामी छागाबाट खस्योैँ परिवारमा ठुलो बज्रपात पर्यो ..

म स्तब्ध भए साथीलाई फोन गरे उसलाई त्यो बारेमा थाहाँ थिएन उसको बाजी मैले हारे मैले उसलाई कल गरे अहिले ब्यस्त छु भोली उत्ता मालपोत जाने गरि अाउ्छु भन्दै कल काट्यो म सुस्ताउदै बसिरहे हे भगवान ईमान्दार भनेको काकाले ईज्जत माटोमा मिलाए....

"बाहिरफेरो हिड्न सक्ने अबस्था थिएन घुस्याहाका सन्तान"सबैले थुक्क गर्दै अाखाँ अगाडी थुक्थे ..

यस्तो बचनले मन छेत बिच्छेद भएको थियो मलाई देख्यो की काने खुसी गर्दै खासखास खुसखुस गर्दै ठुलै स्वरमा लुट्न लुटेका रैछन देखाउने दात्त अर्कै चपाउने अर्कै!छेद हान्ने गर्थे 

त्यो टोल नै दुर्गन्धित भयो हिडी साध्य भएन मलाई मेरो कोठा जान मन लाग्न छाड्यो मेरो बाबा अझै चोखो थिए तर कसैले पनि विश्वास गरेनन् भाई घुस्याहा दाजुले सिकाएको होला ।सिधा अारोप प्रत्यारोप भईरह्यो ।

प्रत्यक्ष अप्रत्यक्ष मेरो बाबुलाई काकाकै कारण घुस्याहा बनाएरै छाडे बाबा पनि निरास हुदै भाईले ईज्जत फालेको मा गुनासो गर्नु हुन्थ्यो हामी कोही जागिरेहरु का सन्तान बचेनोै विश्वास टुट्यो् ।जनताको सामु सबै हाकीम घुस्याहा भन्ने समचार मिनेटमा फैलियो..

धेरैले सोधे कति कति बाडेछन तिम्रा बाबा र काकाले? 

मलाई यस्तो प्रश्नले कमजोर बनाएको थियो एउटा फटाह हुदा अर्कोलाई पनि फटाह देख्ने कस्तो सोचाई होला? मेरो प्रश्नको जवाफ दिने कोही थिएन तर प्रश्न अाफैलाई गरि रहे! 

सबैले भन्छन एउटा अालुले सबैलाई कुहाउछ कसले बुझाउन सक्ने गल्ति खोज्दै हिडेका हरुले भेटाएको गल्ति प्रहार गर्न के छाड्थे अाखिर मेरो बाबाले घुस नखादा त मैले यस्तो अारोप ब्यहोर्नु परेको छ सन्तानको नाममा कलङ्क भएर बाच्नु परेको छ ।

यदि साच्चिकै मेरो बाबाले घुस खाएको भए मैले अात्माहत्या गर्नु पर्थ्यो म संग सहनसक्ने क्षमता थिएन काकाकै कारण पटक पटक म धेरैको अाखामा घुस्याहाको सन्तान बने घुस्याहाको भत्तिज बने धेरैको चोर अोैला म माथी प्रहार भयो बास मैले काकाको गल्तिलाई 
अात्माग्लानीका साथ धिकारे ।

म बराबरको मेरो भाई बाबाको हर्कत को कारण ईज्जत फालेकै कारण नोट लेखेर वेपत्ता भयो। घुसले गर्दा ईज्जत गुमाए सन्तान गुमाए सबै अाफन्त गुमाए समाज गुमाए परिवार गुमाए सबैको छिछि धुरधुर मा बाचिरहे कठै मेरो घुस्याहा काका... 

मैले बाबालाई चुनोैती दिए घुस खान्छोै ईज्जत फाल्छोै भने अाजै मेरो हत्या गरिदेउ मलाई तिम्रो सम्पती चाहिदैन माया देउ अाशिर्वाद देउ मलाई धन संग खेलबाड नगर बा छाड्देउ त्यो धुस्याहाँ जागिर राजिनामा देउ चाहिएन तिम्रो सम्पती ईज्जत कमाउ बास...

बाउले राजिनामा दिउन नदिउन त छोराले बाबा माथी संका गर्यो परिवार विचलित नहोलान भन्न सक्ने वातावरण रहेन बुढा अफिस जान कहाँ छाड्छन हाकीम भएर के गर्ने सबैले घुस लिएपनि नलिएपनी चोखो देख्ने हैन ...

जसो तसो बुढाले पेन्सन कमाउलान की कुन दिन घुसकाण्ड मञ्चाउने हुन सन्तान सधै त्रासमा बस्नुपर्ने निति नियम फितलो भएर हो सबैलाई स्वतन्त्र भएको ...

बाउको जागिरले खुसि हैन दुखी भएर बाच्नु पर्ने स्थिती छ कुन दिन काकाको झै पर्दामा अाउने हुन छोरा छोरीको भविष्य संग खेलवाड गरे भने त ..

काकाले झै दुख पाउछन भएका सम्पती बुझाउछन परिवार गुमाउछन ईज्जत गुमाउछन अनि करोड बाट झरेर लोभ मा रोडको जिवन विताउछन....

यति भन्दा उसका अाखाँ टिलपिल थिए सबै बाट विश्वास तोडिएका कुराले मेरो सास पनि रोकीएको थियो अध्यारो भईसकेको थियो यस्तै पिडामा हरेक हाकिमका छोरा छोरीको जिवन संका उपसंका डर त्रासमा बितेको छ ...

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...